काठमाडौं १४ वैशाख । सरकारले पुनः १० दिनका लागि लकडाउन थप्ने निर्णय गरेको छ । मन्त्रीपरिषदको आज बसेको बैठकले आगामी २५ वैशाखसम्म लकडाउन थप्ने निर्णय गरेको हो ।
यसअघि कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बैठकले एक साता लम्ब्याउन सिफारिस गरेको थियो । सरकारले लकडाउन १० दिन थपेको हो ।

सरकारले गत ११ चैतदेखि एक साताका लागि लकडाउन घोषणा गरेको थियो । त्यसपछि थप गर्दै २५ चैत्रसम्म पुर्याएको थियो । पुनः लकडाउन बढाएर ३ वैशाखसम्म पुर्याएको सरकारले १५ वैशाखसम्म पुर्याएकोमा पुनः थप गर्दै २५ वैशाखसम्म पुर्याएको हो । नेपालमा कोरोना संक्रमित थपिने क्रम झन् वृद्धि भएपद्धि लकडाउन पनि थपिर्दै गएको हो । हालसम्म ५२ जनामा कोरोनाको संक्रमण फेला परिसकेको छ । आज मात्र एक जनामा नयाँ संक्रमण देखिएको हो ।



Loading Facebook Comments ...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here