खोटाङ बैशाख–१२, खोटाङस्थित दिक्तेल बजारमा लकडाउनकै समयमा आगलागी भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ पोखरीका सिद्दिबहादुर सैंजुको घरमा शुक्रवार दिउँसो आगलागी हुँदा ५ लाख रुपैंयाँ वरावरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागीका कारण जस्ताको छाना भएको दुई तले घरमा क्षति भएको जिल्ला प्रहरी कार्यालयको प्रहरी नीरिक्षक आमोदप्रसाद खेरवारले वताउनुभयो । विद्युत सर्टका कारण लागेको आगोलाई प्रहरी, स्थानीय र नगरपालिकाको दमक प्रयोग गरी नियन्त्रणमा लिईएको थियो ।

लकडाउनको समयमा एक्कासी आगलागी हुँदा घटनास्थलमा बजारवासीको भीड लागेको थियो ।