खोटाङ बैशाख१२,  कोरोना संक्रमणका कारण बेलायतमा खोटाङ पुख्र्यौली घर भएकी एक युवतीको मृत्यु भएको छ । खोटाङस्थित ऐसेलुखर्क गाउँपालिका–१ राखा पुर्खौली घर भइ हाल धरान आदर्श विकास टोलमा बस्दै आएकी ३२ वर्षीया बिमा नाछिरिङ राईको मृत्यु भएको हो ।

मृर्गौला सम्वन्धी समस्याबाट पीडित मृतक राईलाई कोरोनाको संक्रमण भएको पूष्टी भएपछि जर्ज इलियट अस्पतालमा उपचार गराउने क्रममा मृत्यु भएको बेलायतबाट सञ्चालित खोटाङ मिडिया डटकमले उल्लेख गरेको छ । हालसम्म अविवाहित राईको मंगलबार बिहान मृत्यु भएको समाजसेबी एबं ब्रिटिस गोर्खा भेट्रान एसोसिएसनका महासचिव भीम सारुले बताउनुभयो ।

उनी पुर्व गोर्खा सैनिक बाबुसँगै गत वर्ष बेलायत पुगेकी थिईन् । मृतक विमा बाबु आमा र बहिनीका साथमा नटिङ्घम बसिरहेकी थिईन् ।

बेलायतमा बसिरहेका १२ जना खोटाङ्गेलाई कोरोना संक्रमण भएको खोटाङ सेवा समाज यूकेले जनाएको छ । समाजले अप्रिल २१ मा जारी गरेको अपिलमा फल्कस्टोनमा १ जना, बेजिङस्टकमा ६ जना, आशफोर्डमा ३ जना, क्याट्रिकमा १ जना र ओकिङमा १ जना खोटाङ्गे संक्रमित भएको उल्लेख छ ।