काठमाडौं ८ वैशाख । नेपालमा पुनः एक जनाका कोरोना भाइरस (कोभिड–१९) का संक्रमित फेला परेका छन् । उदयपुरमा अर्को एकजनामा पनि कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्याले जनाएको हो । उनी ३३ वर्षका पुरुष हुन् ।
यसअघि उदयपुरको त्रियुगा नगरपालिकाको एक मस्जिदमा बसेका १४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुसँग सम्पर्क भएका व्यक्तिहरुको स्वाब संकलन गरेर काठमाडौं ल्याई परीक्षण गर्दा एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
नेपालमा यो सँगै कोरोना संक्रमितको संख्या ३२ पुगेको छ । जसमध्ये चार जना सञ्चो भएर घर फर्किएका छन् ।
यता, उदयपुरमा मंगलबार नेपाली सेनाको नेतृत्वमा गएको टोलीले नमुना संकलन गरेर काठमाडौं ल्याएको थियो । कतिपयको परीक्षण बाँकी नै रहेको छ ।



Loading Facebook Comments ...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here