खोटाङ ६ वैशाख । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले नगर क्षेत्र प्रवेश गर्ने सवै नाका सिल गरेको छ । यस्तै, दिप्रुङ चुइचुम्मा गाउँपालिकालाई शिलबन्दी गरिएको छ ।
शुक्रबार एकै दिन उदयपुरमा १२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएपछि नगरपालिका र गाउँपालिकालाई सिलबन्दी गरिएको हो । जयरामघाट लगायतका ठाउँबाट राती राती मानिस भित्रिन सक्ने संभावनलाई लक्षित गर्दै नाकामा सुरक्षा व्यवस्था कडा बनाएर सिल गरिएको नगरपालिकाले जनाएको छ ।
यस्तै, कोरोना भाइरस संक्रमण तथा नियन्त्रण स्थानीय समन्वय समितिबाट गठित गाउँपालिकाको कार्य दलको शनिबार बसेको बैठकले गाउँपालिका प्रवेश गर्ने सम्पूर्ण नाकाहरु शिलबन्दी गर्ने निर्णय गरेको हो ।