
बैशाख–६, खोटाङमा थप तीन जनालाई क्वारेन्टाईनमा राखिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको क्वारेन्टाइनमा १ जना र खोटेहाङ गाउँपालिकाको क्वारेन्टाइनमा दुई जना थपिएका हुन् ।
बिरगञ्जबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडा आइपुगेका ४५ वर्षीय व्यक्तिलाई शुक्रबारदेखि दिक्तेलको माटिकोरेमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको नगरप्रमुख दिपनारायण रिजालका राजनीतिक सल्लाहकार कमल ढकाललले जानकारी दिनुभयो । नगरले दिक्तेलको माटिकोरेमा बनाएको क्वारेन्टाइनमा राखेको हो । नगरपालिकाले ३६ वेडको क्वारेन्टाइन बनाएको भएपनि यसअघि होम क्वारेन्टाइनमा मात्र राखेको थियो ।
यस्तै, खोटेहाङ गाउँपालिकाको क्वारेन्टाइनमा दुई जना थपिएका छन् । काठ्माण्डौंबाट आएका दुई जनालाई शुक्रबारदेखि खोटेहाङ गाउँपालिका–४ बड्कादियालेस्थित भाषा आधारभुत विद्यालयको क्वारेन्टाइनमा राखिएको हो ।
उनीहरुलाई कम्तीमा दुई हप्ताका लागि क्वारेन्टाइनमा राखिएको गाउँपालिका अध्यक्ष प्रदीप राईले जनाउनुभयो ।
सअघि खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेको मावेमा बनाइएको क्वारेन्टाइनमा दुई जना र खोटेहाङ गाउँपालिका–७ खोटाङबजारस्थित स्वास्थ्यचौकीको क्वारेन्टाइनमा एक जनालाई राखि सकिएको छ ।
हालसम्म बराहपोखरी गाउँपालिकामा ३ जना, दिप्रुङ चुईचुम्मा गाउँपालिकाको १५ जना, हलेसी तुवाचुङ नगरपालिकामा ९ जना, केपीलासगढी गाउँपालिकामा ४ जना र साकेला गाउँपालिकामा १ जना गरी ३८ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।