खोटाङमा भारी असिना पानी, हिउँदे बालीनालीमा क्षति

907

खोटाङ ४ वैशाख । खोटाङका विभिन्न स्थानमा असिना पानी परेको छ । भारी मात्रामा परेको असिना पानीले किसानले लगाएको हिउदे बालीनालीमा क्षति समेत भएको छ ।

बिहीबार दिउँसो मेघगर्जनसहित असिना पानी परेको थियो । जसका कारण बालीनाली र फलफुलमा क्षति पुगेको हो । असिना पानीले जिल्लाको लेकाली भेगमा सबैभन्दा बढी क्षति गरेको छ ।

असिनाले आलु, मकै, गहुँ, फलफुलमा सबैभन्दा धेरै क्षति गरेको किसानहरुले बताएका छन् । लेक भेगमा असिना पानीले क्षति गरे पनि बेशींमा मकै छर्ने समयमा पानी परेकाले त्यस क्षेत्रमा भने किसान हर्षित बनेका छन् ।



Loading Facebook Comments ...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here