खोटाङ बैशाख–३, खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ‘लकडाउन’का कारण मारमा परेका एक हजारभन्दा बढि परिवारलाई राहत प्रदान गरेको छ । १५ वडा रहेको नगरपालिकाले कोरोन भाइरसको रोकथाम तथा नियन्त्रणका क्रममा गरिएको ‘लकडाउन’को मारमा परेका १ हजार २ सय ४९ परिवारलाई चामल, दाल, नुन, तेल र साबुन प्रदान गरेको हो

‘लकडाउन’का कारण आयमुलक काम गर्न नपाउँदा समस्यामा परेका असंगठीत क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असहाय परिवारलाई चयन गरेर नगरपालिकाले १२ हजार ४ सय ९० केजी चामल, २ हजार ४ सय ९८ केजी दाल, १ हजार २ सय ४९ केजी नुन, १ हजार २ सय ४९ लिटर तेल र १ हजार २ सय ४९ डल्ला साबुन प्रदान गरिएको मेयर दिपनारायण रिजालले बताउनुभयो ।

विहान बेलुकाको छाक टार्न ज्यालादारीको काम गर्दै आएका विपन्न परिवारलाई ‘लकडाउन’को अवधिमा भोको नराख्ने नीति अनुशार नगरपालिकाले खाद्य सामग्री वितरण सुरु गरेको थियो ।

‘लकडाउन’का कारण दैनिक ज्यालादारी काम गर्न नपाउँदा हातमुख जोर्नै नसक्ने अवस्थामा पुगेका सर्वसाधारणलाई खाद्यान्न वितरणका लागि नगरपालिकाले हरेक वडालाई एक÷एक लाख विनियोजन गरेको थियो ।