खोटाङ बैसाख–३,  खोटाङको जन्तेढुंगा गाउँपालिकामा विदेशबाट फर्किएका १९ जनाको कोरोना भाइरसको ¥यापिड डाइग्नोस्टिक टेष्ट (आरडिटि) रिपोर्ट ‘नेगेटिभ’ आएको छ । विदेशबाट फर्किएका गाउँपालिकाभित्रका १९ जनामा कोरोना भाइरसको संक्रमण भए/नभएको पुष्टी गर्नका लागि बुधबार ¥यापिड डाइग्नोस्टिक टेष्ट गर्दा १९ जनाकै रिपोर्ट नेगेटिभ आएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।

रोजगारीका सिलसिलामा विभिन्न देश पुगेर घर फर्किएपछि होम क्वारेन्टीनमा राखिएका व्यक्तीमा कोरोना भाइरसको संक्रमण भए÷नभएको थाहा पाउनका लागि सम्वन्धित पालिकामै पुगेर ¥यापिड डाइग्नोस्टिक टेष्ट सुरु गरिएको हो । प्रदेश सरकारले कोरोना भाइरसको संक्रमण भए/नभएको परीक्षण गर्ने १ सय २० वटा किट पठाएपछि गत चैत यता विदेशबाट फर्किएका जिल्लाका १ सय २० जना व्यक्तीको ¥यापिड डाइग्नोस्टिक टेष्ट गरिने प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो ।

१० स्थानीय तह रहेको जिल्लामा क्रमशः अन्य स्थानीय तहमा पुगेर हप्ता दिनभित्र ¥यापिड डाइग्नोस्टिक टेष्टको काम पुरा गरिने प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो ।