19.1 C
Kathmandu
Tuesday, April 28, 2026
Home राष्ट्रिय समाचार नेपालमा कोरोना संक्रमितको संख्या १४ पुग्यो, पछिल्लो पटक १९ वर्षिय संक्रमित

नेपालमा कोरोना संक्रमितको संख्या १४ पुग्यो, पछिल्लो पटक १९ वर्षिय संक्रमित

काठमाडौं १ वैशाख । रौतहटका एक युवामा पनि कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
क्वारेन्टाइनमा रहेका १९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ । उनीहरु मध्ये एक निको भइसकेका छन् । तीन जना भने भारतीय नागरिक हुन् ।

यसअघि, कैलालीको लम्की चुहामा ६५ वर्षीया बृद्धामा कोरोनाको संक्रमण देखिएको थियो । वीरगञ्ज नाकामा चिया पसल गर्ने उनी लकडाउनका कारण समस्यामा परेपछि १७ चैतमा लम्की आएकी पुगेको बताइएको छ । लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बसेकाहरुको र्‍यापिड डायग्नोस्टिक टेष्ट किटबाट परीक्षण गर्दा रिपोर्ट नेगेभिट आएपछि सबैलाई २८ चैतमा घर पठाइएको थियो । तर, पीसीआर विधिबाट काठमाडौंमा गरिएको परीक्षणमा भने उनमा कोरोना संक्रमण भएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ ।