
काठमाडौं १ वैशाख । रौतहटका एक युवामा पनि कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
क्वारेन्टाइनमा रहेका १९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ । उनीहरु मध्ये एक निको भइसकेका छन् । तीन जना भने भारतीय नागरिक हुन् ।
यसअघि, कैलालीको लम्की चुहामा ६५ वर्षीया बृद्धामा कोरोनाको संक्रमण देखिएको थियो । वीरगञ्ज नाकामा चिया पसल गर्ने उनी लकडाउनका कारण समस्यामा परेपछि १७ चैतमा लम्की आएकी पुगेको बताइएको छ । लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बसेकाहरुको र्यापिड डायग्नोस्टिक टेष्ट किटबाट परीक्षण गर्दा रिपोर्ट नेगेभिट आएपछि सबैलाई २८ चैतमा घर पठाइएको थियो । तर, पीसीआर विधिबाट काठमाडौंमा गरिएको परीक्षणमा भने उनमा कोरोना संक्रमण भएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ ।