१८ खोटाङेलाई ल्याउन नगरपालिकाले मोरङ पठायो बस

खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले आफ्ना नगरभित्रका १८ जना नागरिकलाई ल्याउनका लागि बस पठाएको छ । नगरपालिकाले मोरङको टाँडीमा निर्माण गरिएको क्वारेन्टीनमा राखिएका सर्वसाधारणलाई गाउँमा ल्याउनका लागि सवारी साधन पठाएको हो ।

भारतका विभिन्न स्थानमा काम गरेर घर फर्कनेक्रममा कोरोना भाइरस ९कोभिड–१९०को संक्रमणको आशंकामा चैत ११ गतेदेखि सुर्यदल गणले तयार पारेको क्वारेन्टीनमा राखिएका १८ जनालाई गाउँसम्म ल्याउनका लागि नगरपालिकाले शुक्रबार कर्मचारीलाई बस सहित टाँडी पठाएको हो ।

क्वारेन्टीनमा राखिएका नगरबासीको नमूना परिक्षणकाक्रममा कोरोना भाइरसको रिपोर्ट नेगेटिम देखिएपछि घरसम्म ल्याउनका लागि सवारी साधन पठाइएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताएका छन् ।

‘उहाँहरु बिचल्लीमा नपरुन भनेर हामीले बस पठाएको छौं, घरनजिकसम्म उहाँहरुलाई पुर्याउछौं । नगरप्रमुख राईले हाम्रोखोटाङ डटकमसँग भने ।