
काठमाडौं २२ चैत । नेपालमा थप तीन जनामा कोरोनाको संक्रमण देखिएको छ । यो सँगै नेपालका कोरोना भाइरसका संक्रमितको संख्या नौं पुगेको छ । यसअघि ६ जनामा कोरोना संक्रमण देखिएकोमा एकै दिन तीन जना थपिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भारतबाट फर्किएका दुई जना र यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषको आफन्त एक जनामा कोरोनाको संक्रमण देखिएको हो ।
भारतको मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूषलाई कोरोना भाइरस देखिएको हो भने उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूषलाई पनि कोरोना भाइरस पुष्टि भएको हो ।
त्यस्तै, यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषका भाउजुलाई पनि कोरोनाको संक्रमण देखिएको हो ।