खोटाङ चैत्र–१३, खोटाङमा कोरोनाको संक्रमण रोक्नका लागि घोषणा गरिएको ‘लकडाउन’को प्रभावकारी पालना भएको छ । ‘लकडाउन’को तेश्रो दिन प्रहरीले कडाई गर्नका साथै नागरिक स्वयम सजक वनी पालना गरेपछि विशेषगरी वजार क्षेत्रहरु ठप्प वनेका छन् ।

दिक्तेलवजार, हलेसी लगायत जिल्लाका वजार क्षेत्र तथा स्थानीय तहहरुमा पहिलो र दोश्रो दिन मानिसको छिटपुट चहलपहल देखिए पनि तेश्रो दिनमा ठप्प वनेको सहायक प्रमुख जिल्ला अधिकारी श्यामकुमार राईले जनाउनुभयो । तेश्रो दिनसम्म आईपुग्दा सर्वसाधारणले समेत ‘लकडाउन’को उदेश्य बुझेकोले प्रभावकारी कार्यान्वयन भएको सहायक प्रजिअ राईको भनाई छ ।

लकडाउनको उदेश्य प्राप्तीका लागि दिक्तेलवजार लगायतका वजार क्षेत्रहरुमा प्रहरीको टोली खटाईएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी बामदेव गौतमले बताउनुभयो । प्रहरीले अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कन माइकिङ समेत गरिरहेका छन् । मुख्य ब्यापारिक केन्द्र दिक्तेलबजारमा खाद्यान्न, इन्धन खरिद लगायत अत्यावश्यक कामका लागि प्रशासनले बिहान ६ वजे र वेलुकी ४ वजेदेखि २ /२ घण्टा खुला गरेको छ ।

यसैबीच, लकडाउनको समयमा चलाईएको मोटरसाईकललाई प्रहरीले नियन्त्रणमा लिएका छन् । विहिवार विहान दिक्तेलवजारवाट तीन थान मोटरसाईकल नियन्त्रणमा लिईएको डिएसपी गौतमले सुनाउनुभयो ।

सवारी धनी दिक्तेलवजार क्षेत्रमै रहने भएमा मात्र दोहो¥याएर लैजाने गरी मोटरसाईकल फिर्ता गर्ने सहायक प्रजिअ श्यामकुमार राईले बताउनुभयो । प्रशासनको अनुमतिपत्र(पास) नलिई सवारी गुडाउन पूर्ण प्रतिवन्ध लगाईएकोले टाढा पु¥याउनुपर्ने भए लकडाउनको अवधी सकिएपछि मात्र फिर्ता दिने राईको भनाई छ ।

मोटरसाईकल फिर्ता लिन सम्पूर्ण कागजात आवश्यक पर्ने प्रशासनले जनाएको छ ।