18.1 C
Kathmandu
Thursday, April 9, 2026
Home फिचर सांसद भट्टराईद्धारा कोरोना भाइरस नियन्त्रणका लागि एक महिनाको तलब दिने घोषणा

सांसद भट्टराईद्धारा कोरोना भाइरस नियन्त्रणका लागि एक महिनाको तलब दिने घोषणा

खोटाङ । खोटाङ जिल्लाका प्रतिनिधि सभा सदस्य विशाल भट्टराईले कोरोना भाइरस (कोभिड–१९) को नियन्त्रणका लागि एक महिना बराबरको तलब दिने घोषणा गरेका छन् ।
सामाजिक सञ्जालमार्फत उनले यस्तो घोषणा गरेका हुन् । ‘नेपाल सरकारले अघि सारेको विशेष कोषमा मेरो तर्फबाट पनि आफूले पाउने एक महिनाको पारिश्रमिक जम्मा गर्ने सार्वजनिक जानकारी गराउछु ।’ उनले भनेका छन् ।
उनले विश्वव्यापी महामारीको रुप लिइरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबारे जसले जे सक्छ त्यहीँ सहयोग गर्न आग्रह गरेका छन् । सांसद भट्टराईले आफूलाई बचाउदै अरुलाइ पनि बचाउन सरकारले अघि सारेका निर्देशनको परिपालन गर्न पनि उनले सबैसँग आग्रक गरेका छन् ।
‘विश्वब्यापी बनिसकेको कोभिड–१९ को कटको सामना गर्न सिङ्गो मुलुक एकताबद्ध भएर अघिबढ्नुको अर्को कुनै विकल्प छैन । जस्ले जे सक्छ त्यही सहयोग गर्नु प्रत्येक नेपालीको परम कर्तव्य हो ।’ सांसद भट्टराईले सामाजिक सञ्जालमार्फत भनेका छन् ,‘त्रासले हैन साहसले, बेवास्ताले हैन सचेतनाले आफूलाई बचाउदै अरुलाइ पनि बचाउन सरकारले अघि सारेका निर्देशनको परिपालन गर्नु र हरेकले आत्म नियन्त्रीत र आत्मानुशासित हुन आवश्यक छ ।’