सरकार र चिकित्सकका प्रत्येक सुझाव, आग्रह र निर्देशनहरुलाई निसर्त पालना गराैं : राजन राई

539

राजन राई/दृष्टिकाेण

सरकार/नेपाली जनसमुदाय,
कोरोना भाईरसको बिश्वब्यापी आतंक जारी छ र केही समय रहने छ । ” केही समय” भन्नुको आसय के हो भने, यो अजम्बरी छैन, यस्को उद्भब थलो मानिएको मुलुक चिनमा त्यहाँको सरकार र बहादुर चिनियाँ जनताले यसलाई लगभग समुल नष्ट गरेका छन र हामी बिश्व समुदाय १४ औं शताब्दी (भनिन्छ, त्यो समय अहिले भन्दा ठूलो महामारी आएको थियो) को होईन, बिज्ञान र प्रबिधिले समुन्नत एक्काइसौं शताब्दीको जिन्दगी बाँचिरहेका छौं ! यसर्थ अनावश्यक आतंकित हुन, चिन्ता र तनाब लिनु जरुरी छैन ।
पहिलो र दोश्रो बिश्वयुद्धको कालखण्ड वरिपरि संसारका अधिकाँश देशहरूको सिमाना हेरफेर भएको बेला वा शक्तिशाली राष्ट्रका उपनिबेश भएको समयमा पनि पृथ्वीका थोरै मुलुक मध्य हाम्रो देशको सार्बभौमसत्ता सुरक्षित रहनु र अहिले संसारका अति शक्तिशाली राष्ट्रहरुमा यो भाईरसको बिगबिगी रहँदा पनि नेपालमा अहिले सम्म देखा नपर्नु सुखद संयोग मात्र होईन। नेपाली जातिको उच्च मनोबल र नेपालको विविधता पुर्ण जटिल भौगोलिक संरचनाका कारण, प्रकृतिले हामीलाई दिएको प्रतिरोधात्मक जैबिक सामर्थ्यले पनि काम गरेको हुन सक्छ! कतिपयलाई लाग्न सक्छ मैले हावादारी तर्क गरिरहेको छु।तर पृथ्वीका अति अग्ला हिमाली भुभागमा प्रयाप्त अक्सिजन बिना बाँच्न सक्ने सेर्पा हुन वा तराईमा औलो ( कालोजरो, कालज्वर) को किटानुलाई जित्ने थारुहरु चिकित्सा बिज्ञानले उदेक मानेका नेपाली जाती हुन। हामी नेपालीहरु सङ संसारका अन्य मानिसहरु भन्दा केही न केही फरक गुण वा सामर्थ्य त पक्कै छ!
यसको अर्थ हामी निष्फिक्री रहौं, मनलाग्दी गरौँ भनिएको होईन। ईतिहाँसले यो बेला हामी सङ असाधारण साबधानी, मेहनत, त्याग, लगानी र आबस्यता परे बलिदानको समेत माग गरेको छ।
यो भाईरसको विरुद्ध युद्ध हामीले जित्नै छ, शंका छैन जित्छौं । तर त्यस्का निम्ति हामीले उच्च मनोबलका साथ गम्भीरता पुर्बक आबस्यक तयारी भने गर्नै पर्छ। त्यस्का लागि सरकार, लगायत विभिन्न पेशा, ब्यबसाय र जिम्मेवारी बहन सहित रहनुहुने सम्पुर्ण जनसमुदायमा केही मुलभुत बिषय प्रति ध्यानाकर्षण गर्ने चाहन्छु
१) प्रथमतः म समग्र जन समुदायमा नेपाल सरकार र दक्ष चिकित्सकहरुद्वारा दिएका प्रत्येक सुझाव, आग्रह र निर्देशनहरुलाई निसर्त रुपमा पालना गर्न अहिलेको हाम्रो मुख्य जिम्मेवारी हो भन्ने सच्याईलाई ईमान सहित सम्झनु पर्छ।
२) चिनले कोरोना भाईरस विरुद्ध प्राप्त गरेको जित बिश्वका निम्ति अनुपम उपलब्धि हो। एक घनिष्ठ मित्रले निभाउने कर्तब्यका रुपमा उस्ले गरेको सहयोग प्रस्ताव हार्दिकता पुर्बक स्विकार गर्दै,आर्थिक भन्दा पनि मुख्य रुपमा भाईरस विरुद्ध प्रयोग गरिने अत्यावश्यक उपकरणहरु, त्यहाँ प्रयोग गरिएका एलोपेथिक औषधीहरुको माग तत्कालै गर्नु उपयुक्त हुने छ।
३) मुख्य रुपमा नेपालका जनशक्तिलाई यो महामारी विरुद्धको युद्धमा तालिम दिन चिनबाट विशेषज्ञ चिकित्साकर्मी, प्राबिधिक दक्ष जनशक्ति माग गर्नु पर्दछ।
४) आपतकालीन अबस्थामा सुरक्षा प्रबन्धका निम्ति ब्यबहारिक तालिम लिन नेपालको रास्टिय सुरक्षा स्वार्थलाई सम्मान गर्ने गरि निश्चित समय अबधिका लागि चिनियाँ सुरक्षा कर्मीहरु नेपाल ल्याउन वा चिनको सामरिक स्वार्थलाई असर नपर्ने गरि नेपाली सुरक्षाकर्मिहरु चीन पठाउनु पर्दछ।
५) नेपाल लगभग समुन्द्र सतह देखि धर्तीको सबै भन्दा अग्लो भुभाग रहेको पृथ्वीको कमै मुलुकहरू मध्ये एक हो ।यसर्थ नेपाललाई जडिबुटी वा आयुर्वेदिक औसधिको खानी हो भनेर मान्ने गरिन्छ, हामीले प्रयोग गर्ने धेरै जस्तो खाध्य पदार्थ र मर- मसलाहरुमा औषधिको गुण रहेको छ हाम्रो बिश्वासलाई अत्याधुनिक चिकित्सा बिज्ञानले समेत समर्थन गरेको छ, तर त्यसको प्रयोग गर्ने विधि र परिमाण प्रती हामी पुर्ण रुपमा जानकार छैनौं । चिनले पनि यो समय आयुर्वेदिक औषधिको प्रयोगलाई तुलनात्मक रुपमा प्राथमिकता दिएको सुनिन्छ, हो भने हामीले त्यो ज्ञान् मित्रराष्ट्रबाट हामीले पाँउने अनुरोध गर्नु पर्छ।
६) लामो समयको अन्तराल पश्चात् कोरोना भाईरसका कारण सार्क राष्ट्रको सम्बन्ध नवीकरण भएको छ। दक्षिण एशियाली मुलुकहरुका निम्ति यो सकारात्मक उपलब्धि हो। एसलाई अझ मजबुत बनाउदै यो महामारीका बिरुद्ध संयुक्त पहलकदमी अगाडि बडाउनु पर्दछ।
७) नेपालको दक्षिण तर्फ अबस्थित मित्र राष्ट्र भारत सङ खुला सिमानाका कारण दुबै मुलुकका जनताका निर्वाध आवतजावत दुबै देशले रोके पनि भुपरिबेष्टित मुलुक नेपालले अत्यावश्यक उपभोग्य सामाग्रीहरु जस्तै खाद्यान्न , औसधि,पेट्रोलियम पदार्थहरु सुरक्षित तवरमा निर्वाध ल्याउने बाताबरण निर्माण गर्नु पर्दछ।
८) बिपदको ब्यबस्थापनका निम्ति सरकारले नेपाली सेना र शसस्त्र प्रहरीबललाई हाई अलर्ट राख्नु पर्दछ। संकटका समय फाईदा उठाउन खोज्ने अवान्छित तत्वहरुलाई निगरानी र नियन्त्रण गर्न जनपद प्रहरी र राष्ट्रिय अनुसंधान कार्यलयहरु पनि अत्यन्तै सतर्क र सजक अबस्थामा राख्नु पर्दछ।
९) नेपालमा कृयाशिल सबै राजनैतिक दलहरुले
राजनैतिक मतभिन्नतालाई भुलेर संकट परेका जनताका बीचमा स्वयंसेवकका रुपमा पुग्न जरुरी छ। बिशेष गरि दलहरु संबधित जनबर्गिय संगठनका १८ बर्ष पूरा गरि ५० उमेर ननाघेका बिद्यार्थी, युबा, महिला, मजदुर लगायत अन्य संगठन र पार्टीका सदस्य वा पदाधिकारीहरु लाई खटाउन सकिने छ। सामाजिक संज्जालमा तस्बिर टाँस्ने र काममा झारा टार्ने प्रवृत्तिलाई रोक्न जीवन उत्सर्गको भावना सहित, प्राप्त जिम्मेवारी निर्वाह गर्न राजनैतिक पार्टीहरुले आफ्ना सदस्यहरुलाई काममा खटाउनु पर्दछ। त्यस बखत उनिहरुलाई आबस्यक तालिम,कामको प्रष्ट कार्यबिधी सरकारले गर्नु पर्दछ भने, कामको मुल्यांकन, निष्ठाको सपथ र प्रशिक्षण संबंधित राजनैतिक दलले गर्नु पर्ने छ।
१०) कोरोना भाईरस विरुद्धमा योद्धाका रुपमा लड्ने चिकित्साकर्मी,सुरक्षाकर्मी, कर्मचारी, प्राबिधिक र संयमसेवकहरुका लागी आबस्यक सुरक्षा सामाग्री, जिवन बिमा, आवस्यक स्वास्थ्य सेवा राज्यको दाईत्व हुनु पर्दछ।
११) काठमाडौ लगायत कतिपय शहरका नागरिकहरुले आफ्ना निवास/ घरहरू स्वछिक रुपमा अस्थाई क्वारेन्टाइन निर्माणका निम्ति राज्यलाई निसुल्क उपलब्ध गराउने तथा कतिपयले केही महिना निम्ति भाडा नलिने घोषणा गरेका छन् यो उहाँहरुका उच्चतम भावनाको सम्मान सहित अरुलाई समेत अनुरोध गर्दा निश्चित नै सकारात्मक परिणाम प्राप्त हुने छ।
१२) राज्यले आवस्यक खर्चको बन्दोबस्त गर्दा सरकारी श्रोत परिचालनका अलाबा राष्ट्रिय पुंजिपति,उधमी, व्यावसायी,राजनीतिकर्मी, कर्मचारी र समग्र जनतालाई स्वछिक सहयोगको अपिल गर्दा र पारदर्शी तवरमा खर्चको हिसाब देखाउदा राम्रै उपलब्धि प्राप्त गर्न सकिन्छ।
१३) अत्यावश्यक कार्यलयहरु बाहेक बिध्यालय,कलेजहरु, चलचित्रघर, रंगशाला, मन्दिर-गुम्बा लगायत धार्मिक स्थलहरु संक्रमण फैलन सक्ने खतराका कारण अस्थायी रुपमा बिदा दिएको वा संचालन स्थगित गरेको छ तर नेपालका कारागारहरुमा रहेका कैदी- बन्दिहरुको संख्या कारागारको छ्मता भन्दा तिनगुणा वा चारगुणा बडी छ। सरकारले साठी प्रतिसत कैद भुक्तानी गरि सकेका उनीहरु लाई बाँकी कैद मिनाह गर्ने निर्णय गर्दा उनीहरूमा वा उनिहरु मार्फत अन्यमा संक्रमनको संभावना कम हुने छ।
अन्त्यमा यो समयको अनपेक्षित प्राकृतिक बिपत्तिले हामी सबैलाई स्तब्ध बनाएको छ। यो चुनौतीको सामना गर्न हामी सबै एकजुट हुनु बाहेक अन्य विकल्प छैन। समग्र जनता र सरकार समक्ष म माथी उल्लेखित कुराहरू प्रती गम्भीर हुन आग्रह गर्दछु। र आफू पनि सरकार र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) चाहे जुनसुकै मोर्चामा खट्न तयार रहेको जानाकारी गराउदछु ।
(राई, प्रदेश सभा सदस्य, प्रदेश न १ का सदस्य तथा नेकपाका केन्द्रिय सदस्य हुनुहुन्छ)



Loading Facebook Comments ...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here