अत्यावश्यक काम बाहेक बाहिर ननिस्कनुहोस् : नगरपालिका

दिक्तेल । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन सबैलाई आग्रह गरेको छ ।

नगरपालिकाले नेपाल सरकारको निर्णयअनुसार कोरोना भाईरस कोभिड–१९ को सक्रमण फैलिने संभावनालाई ध्यानमा राखी अत्यावश्यक काम बाहेक नागरिकहरुलाई बाहिर ननिस्किन आह्वान गरेको हो ।

सामाजिक सञ्जालमा एक सूचना जारी गर्दै नगर प्रमुख दिप नारायण रिजालको सचिवालयले अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन तथा सबै सचेत र अनुशासित बन्न आग्रह गरेको छ ।

केन्द्र सरकारले आजदेखि एक साताका लागि लक डाउनको घोषणा गरेको छ । लक डाउनमा सवारी साधन तथा अत्यावश्यक काम बाहेक बाहिर निस्किए कानुनी कारबाहीको प्रावधान समेत छ ।