जिल्ला प्रशासन कार्यालय खोटाङले भन्यो, ‘एसईई परीक्षा स्थगित’

खोटाङ । जिल्ला प्रशासन कार्यालय खोटाङले भोलि देखि सुरु हुने कक्षा दशको एसईई परीक्षा स्थगित भएको आधिकारिक जानकारी दिएको छ । फेसबुकमार्फत प्रशासन कार्यालयले बुधबार साँझ यस्तो जानकारी दिएको हो ।
भोली मिति 2076/12/06 देखि संचालन हुने भनिएको SEE परिक्षा अर्को सूचना प्रकाशित नभएसम्म स्थगित गरिएको व्यहोरा गृह मन्त्रालय (MoHA Control) बाट प्राप्त जानकारि अनुसार सम्बन्धित सबैमा अनुरोध छ ।’ सूचनामा भनिएको छ ।

सरकारले बुधबार साँझ मात्र चैत महिनाका लागि तोकिएका परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।