काठमाडौं । खोटाङ जिल्ला निवासी इमान्दार तथा मेहनती छवि कमाएका गोपालचन्द्र राई नेपाल आयल निगम कर्मचारी संघ (अधिकारीक ट्रेड यूनियन) को अध्यक्षमा निर्वाचित भएका छन् । काठमाडौंमा शुक्रबार सकिएको एकताको आठौं अधिवेशनबाट राई सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन् ।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएपछि पहिलो पटक अधिवेशन भएको हो । अधिवेशनमा निर्विरोध भएसँगै शुक्रबार नै उनले प्रमाणपत्र ग्रहण गरेका थिए ।

निगमका सम्पूर्ण कर्मचारीहरु एक होऔं भन्ने मूल नाराका साथ तय भएको महाधिवेशन दुई संगठनहरु बीचको एकतापछिको पहिलो महाधिवेशनलाई निक्कै महत्वका साथ हेरिएको थियो ।