रावासावा प्राज्ञिक समाज नेपालको १० औं साधारणसभा तथा पाचौं सम्मेलन सम्मान, पुरस्कार तथा नयाँ कार्यसमिति समेत निर्वाचन गरेर सम्पन्न भएको छ । समाजले खोटाङ जिल्लाका विभिन्न विधाका ६ जनालाई सम्मान र ३ जनालाई पुरस्कार प्रदान छ । खोटाङ जिल्लाका सङ्घीय सांसद विशाल भट्टराईको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएकाे हाे ।

कार्यक्रममा रावासावा साहित्य सम्मानबाट साहित्यकार रक्षा राईलाई सम्मान गरियो भने रावासावा शिक्षा सम्मानबाट गणेश अधिकारी, शुुभशेर राई र भोलाहरि धिताललाई सम्मान गरिएको थियो । सोही समारोहमा रावासावा समाजसेवा सम्मान विष्णु आभूषण र रावासावा नारी जागरण सम्मानबाट कुमारीकृष्ण राईलाई सम्मानित गरिएको थियो ।

पुरस्कृत हुनुहुनेहरुमा रावासावा कमला भक्त साहित्य प्रतिभा पुरस्कार २०७६बाट साहित्यकार तथा अन्वेषक नगेन्द्रराज रेग्मी पुरस्कृत हुनुभयो भने रावासावा कमला भक्त सङ्गीत प्रतिभा पुरस्कारबाट शिवसंगम राई र रावासावा बोलराजसुशीला कला पुरस्कार २०७६ बाट ज्ञानेन्द्र विवशलाई पुरस्कृत गरिएको थियो । कमला भक्त साहित्य र सङ्गीत प्रतिभा पुरस्कार जनही बीसहजार र प्रमाण पत्र रहेका छन् भने बोलराजसुशीला कला पुरस्कार दश हजार र प्रमाण पत्र रहेको थियो ।

दसौँ वार्षिक साधरणसभाले टिका चाम्लिङको अध्यक्षतामा १३ सदस्सीय नयाँ कार्य समितिको समेत चयन गरेको छ ।

अध्यक्ष : टीका चाम्लिङ
उपाध्यक्ष : बम बानियाँ
उपाध्यक्ष : सुरेश हाचेकाली
उपाध्यक्ष : चन्द्र रानाहछा
महासचिव : डा. यादेवी ढकाल
सचिव : भरत मगर
कोषाध्यक्ष : आनन्द भट्टराई
सदस्य : श्रीराम राई
सदस्य : अम्बिका राई
सदस्य : अगम राई
सदस्य : रश्मि राई
सदस्य : महेश पुरी