काठमाडौं । काठमाडौं भित्रने र बाहिरिने प्रमुख नाकाको रुपमा रहेको नागढुंगा सडक खण्डको स्तरउन्नतीको काम भइरहेकाले दुई साता त्यहाँ सवारी आवतजावतमा समस्या पर्ने भएको छ ।
डिभिजन सडक कार्यालय काठमाडौंले शुक्रबारदेखि कालोपत्रे थप्ने काम सुरु गरेको हो । करिब २२ सय मिटर लम्बाईमा कालोपत्रे थप्ने काम दुई हप्तासम्म लाग्ने भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङ, प्रधानमन्त्रीका विकास सल्लाहकार गजेन्द्र थपलिया लगायतले शनिबार त्यस क्षेत्रको अनुगमन गरेका थिए । त्यस क्रममा मन्त्री नेम्वाङले यात्रु र यातायात सबैलाई मध्य नजर गरेर समयमै काम सम्पन्न गर्न निर्देशन दिएका थिए ।
महानगरीय ट्राफिक प्रहरी प्रमुख भिम प्रसाद ढकालले १०/१२ मिनेटसम्म एकतर्फी सवारी रोक्ने र पुनः १०/१२ मिनेट अर्कोतर्फीको सवारी रोकेर अवातजावत गराउने काम भइरहेको बताए ।
मन्त्री नेम्वाङ, प्रधानमन्त्री कार्यालय विकास विज्ञ गजेन्द्र थपलिया, सडक डिभिजन कार्यालय काठमाडौंका प्रमुख कुबेर नेपाली र ठेकेदार रामबहादुर बुढाथोकीको भनाई समेटिएको भिडियो हेर्नुहोस्