ढाडिएकाे अगेना
खरानी चिस्सिएर
बनेकाे ढिस्कुना
के भाकाे हाेला नि लै लै !
चिसै भईसकेका रहेछन
सम्झनाहरु

छैन एक चाेईटा दाउरा
अहिले बलेकाे छ नजिकै
टेबल माथी एलपि ग्याँस
स्टिलकाे चुल्हाे
छेक्दैन रहेछ
यसले
माग पुसकाे जाडाेलाई

घुरेनभरी झिक्रा
मकेर मल भएछ
जंगलमा थुरहरु भरी
च्याउ पलाई सकेछ
झ्याउ पलाएर
कुहिएछ
उतिसकाे ठुटा

बाजेले जस्तै
कस्ले झार्छ त्याे दाउरा
कँही सुनिदैन
सुसेलीएकाे रनवन
ठङ ठङ गरेकाे अावाज
अाेहाे के भयाे गाउँमा
छैन त हाकपारे गित
बज्दैन त अचेल
पिपिरिकाे पात

मुलबाटाे
ढाकेछ वनमाराले
सडकले हराईसकेछ
हामिले हिँड्ने
बाटाेकाे निशान
भेटिन्न काेही यात्री
बन्द भई सकेछन्
राताे मिठाई
पाईने घुम्ति पसल

मिच्छे नै हराई सकेछ
दाेस्ति र दाेस्तिनि
भेट गर्ने चाैतारीकाे
डाेजर लाएर
भत्काई दिएछ
रात भरी भाका वस्ने
गुम्फुली अाेडार
ढाली दिएछ
हाते मेसिनले
अमला डाँडाकाे
एक्ले वर

अब काँहा गाउनु
लै लै हाे..भाका
काँहा पाउनु
दाेस्ति
र दाेस्तिले दिने
राताे मिठाई, ल्वाङ सुकुमेल
खुसपाई, र हाते रुमाल
अनि
कसरी भेट्नु
दाेस्तिनिहरु