खोटाङ फागुन,  १ नम्बर प्रदेशका मूख्यमन्त्री शेरधन राईले वर्तमान सरकारको मूल एजेण्डा भनेकै विकास र सम्बृद्दि भएको बताउनुभएको छ । शुक्रबार दश दिने ‘प्रथम खोटाङ दिक्तेल महोत्सव’का उद्घाटन गर्दै मूख्यामन्त्री राईले यस्तो वताउनुभएको हो ।

उहाँले अव जनताको एकपछि अर्को आकांक्षा पुरा हुँदै जाने समेत वताउनुभयो । मूख्यमन्त्री राईले विकास र सम्वृद्धिको मूल एजेण्डाको केन्द्रबिन्दुमा उभिएर सम्वृद्धि र सुशासन पस्किने सरकारको लक्ष्य रहेको जनाउनुभयो । उहाँले प्रदेश सरकारले प्रदेशभित्रका हरेक पालिका–पालिका र पालिका–सदरमुकाम जोड्ने सडकलाई हिउँद वर्षा सञ्चालन गर्नेगरी स्तरोन्नतीको तयारी गरिरहेको उल्लेख गर्नुभयो ।

१ नम्बर प्रदेशमा एक पालिकाबाट अर्को पालिका, सदरमुकाम वा प्रमुख बजार जोड्ने सडकलाई बा¥हैमास सञ्चालनमा ल्याउनेगरी प्राथमिकतामा राखेको उहाँले स्पष्ट पार्नुभएको छ । मूख्यमन्त्री राईले प्रत्येक नेपालीको घरमा उज्यालो तथा स्वच्छ पिउने पानीको पहुँचले जोड्ने गरी लागि परेको वोल्नुभयो । यस्तै, सिँचाईको सुविधा, गुणस्तरिय शिक्षा र स्वास्थ्यको पहुँचबाट जोडेर जनतालाई सम्बृद्धि र सुशासन पस्कनु जुटिरहेको उहाँको भनाई छ ।

मूख्यमन्त्री राईले स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारबाट सञ्चालन भइरहेका बजेटको पारदर्शीताका विषयमा खबरदारी गर्न आग्रह गनुभयो ।  हिमालै हिमाल, जंगल नै जंगल, ताल तलैयाले भरिएको देश भएकाले नेपाललाई बिश्वमै सुन्दर स्थलका रुपमा बिकास गर्न सकिने सम्भावना रहेको मुख्यमन्त्री राईले औंल्याउनुभयो ।