सुरु भयो प्रथम खोटाङ दिक्तेल महोत्सव

खोटाङ । ‘प्रथम खोटाङ दिक्तेल महोत्सव’ सुरु शुक्रबार (आज) बाट औपचारिक रुपमा सुरु भएको छ । उद्योग वाणिज्य सङ्घ खोटाङको आयोजनामा ‘प्रथम खोटाङ दिक्तेल महोत्सव, हामी सबैको उत्सव, आर्थिक समृद्धिको आधार, व्यवसाय प्रवद्र्धनको पूर्वाधार’ भन्ने नाराका साथ आजबाट महोत्सव सुरु गरिएको हो ।
महोत्सव आगामी १२ गतेसम्म सञ्चालन हुनेछ । प्रथम खोटाङ दिक्तेल महोत्सव प्रदेश एकका मुख्यमन्त्री शेरधन राइले एक भव्य समारोहका बीच उद्घाटन गरेका हुन् ।