खोटाङ माघ–२९, खोटाङको दिक्तेलवजारमा हुन लागेको ‘प्रथम खोटाङ दिक्तेल महोत्सव’का लागि आयोजकले उचित कलाकार छनौट नगरेको भन्दै ध्यानाकार्षण गराईएको छ । खोटाङ उद्याोग वाणिज्य संघले फागुन २ गतेदेखि १० दिनसम्म आयोजना गर्न लागेको महोत्सवमा प्रस्तुति दिनका लागि माटोसँग सम्वन्धित कलाकार छनौट नगरेको भन्दै प्रगतिशील लेखक संघ खोटाङले ध्यानकार्षण गराएका हुन् ।
बुधबार उद्योग वाणिज्य संघको कार्यालयमा प्रलेस जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य ओमप्रकास घिमिरे र जिल्ला अध्यक्ष चित्रकुमार सुवेदीले ध्यानाकर्षण पत्र पेश केही कलाकारलाई रोकेर स्थानीय तथा खोटाङगे माटोले जन्माएका कलाकारलाई महोत्सवमा विशेष प्राथमिकता दिनुपर्ने बताएका छन् ।
महोत्सवका लागि झिकाईएका केही कलाकारहरुको प्रस्तुतिले समाजलाई बिकृति र बिसङ्गतीतर्फ धकेल्ने भन्दै त्यस्ता कलाकारको आगमन तथा प्रस्तुति रोक्नुपर्ने समेत प्रलेसले उल्लेख गरेको छ ।
यस्तै, महोत्सवमा साहित्यिक, चेतनामूलक कार्यक्रम समेत थप गरिनुपर्ने प्रलेसको जोडदार अपिल छ । महोत्सव खोटाङको पहिचान, संस्कृति, सम्पदा, धार्मिक स्थलहरुको प्रचारप्रसारमा जीवन्त परिचय बन्नुपर्ने र त्यस कार्यमा प्रलेस सहयोगी भूमिका खेल्न तयार रहेको ध्यानाकर्षण पत्रमा जनाइर्एको छ ।
संगीत क्षेत्रलाई व्यवस्थित गर्नका निम्ति केही संघसंस्था र केही व्यक्तिहरुलाई व्यवस्थापनका लागि आग्रह गरिएलगै टिकाटिप्पणी आउन थालेको संघका अध्यक्ष उपिनकुमार राईले वताउनुभयो । प्रचारप्रसार सामग्रीमा एकदुई जना कलाकारहरुको वारेमा टिकाटिप्पणी आएदेखी नै ध्यानाकर्षण भईसकेको अध्यक्ष राईको भनाई छ । त्यस्ता कलाकार आउने÷नआउने सेड्युल नवेको उहाँले सुनाउनुभयो । उक्त विषयमा गम्भीर रुपमा बुझेर समाजलाई बिकृतीतिर धकेल्ने, अशिष्ट, अश्लिल ढंगको कुरा प्रस्तुत गरेर समाजलाई भड्काउने खालका प्रस्तुती हुन नदिन सचेत रहेको समेत आयोजक संघका अध्यक्ष राईले स्पष्ट पार्नुभयो ।
महोत्सवका आकर्षणहरु
६६ लाख रुपैंया लागतमा सम्पन्न हुने महोत्सवमा जिल्लाका आदिवासीहरुको संस्कृती भेषभुषाहरुको प्रदर्शनी, सूचना प्रविधिको पदर्शनी, कृषिजन्य वस्तुहरुको प्रतियोगितात्मक प्रदर्शनी, हस्तकला प्रदर्शनी, जातिय खानाका मौलिक परिकारहरुको विक्री तथा प्रदर्शनी हुनेछ । यस्तै, वाल उद्यान तथा विविध मनोरञ्जनात्मक कार्यक्रम, १ नम्बर प्रदेश लगायत सम्भावित अन्य जिल्ला तथा नगर उधोग वाणिज्य संघहरु र सरोकारवाला तथा अन्य निकायबिच पर्यटन, कृषि, प्रविधि र अन्य सम्भावित व्यावसाय प्रवद्र्धन सम्बन्धमा अन्तक्रिया हुनेछन् ।
माटिकोरे खेलमैदानमा आयोजना हुने महोत्सवमा आर्कषक परिसरहरुमा सूचना प्रविधि, अटो, अर्गानिक कृषि प्रदर्शनी÷साँस्कृतिक प्रवद्र्धन, विज्ञान प्रविधिसँग सम्बन्धित प्रदर्शनी, प्रत्येक दिन ख्यातीप्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरुबाट गीत, नृत्य, हाँस्यव्यङ्ग र साँस्कृतिक प्रदर्शनी, विभिन्न विधाका राष्ट्रिय व्यक्तित्वहरुलाई सम्मान र हेलिकोप्टर मार्फत माउण्टेन फ्लाईट सेवा सञ्चान गरी हिमाली दृष्यावलोकन गरिनेछ ।
महोत्सववाट आर्थिक तथा सामाजिक उत्थानका लागि पर्यटन, उधोग व्यापार, शिक्षा, स्वास्थ्य, कृषि, वन पैदावर, जडिबुटिको बजारीकरण र प्रवद्र्धनमा टेवा, आन्तरिक बजार सवलीकरण गर्ने तथा निकासी योग्य स्थानीय उत्पादनहरुको बजारीकरण गर्न ब्यापक प्रचारप्रसार हुने आयोजकको ठहर छ ।
एक लाख ५० हजार बढीले महोत्सव अवलोकन गर्ने अनुमान गरिएको छ । महोत्सव अवधिमा एक अर्बको कारोबार हुने प्रक्षेपण गरिएको छ ।
महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जनाईएको छ ।