
खोटाङ माघ–२९, खोटाङस्थित साकेला गाउँपालिकाले विधिवत रुपमा सहकारी ऐन २०७६ पारित गरेको छ । विभिन्न ऐन तथा नियमहरु ल्याईसकेको गाउँपालिकाले मानेभञ्ज्याङमा बुधबार आयोजना गरेको आठौ गाउँसभाको बहुमतबाट उक्त ऐन ल्याएको हो ।
सहकारी संस्था दर्ता, नियमन, नियन्त्रण तथा व्यवस्थापनका लागि उक्त ऐनको प्रावधानमा रही कार्य गर्ने गाउँपालिकाका अध्यक्ष अर्जुनकुमार खड्काले जानकारी दिनुभयो । गाउँपालिकाको क्षेत्राधिकारमा सञ्चालन गर्ने गरी सहकारी ऐन ल्याईएको उहाँले वताउनुभयो ।
गाउँपालिकाभित्र सञ्चालन भईरहेका र नयाँ सञ्चालन हुने सहकारीहरुलाई सोही ऐन अनुसार नियमन र नियन्त्रण गरिने अध्यक्ष खड्काले वताउनुभयो ।
साकेला गाउँपालिकामा हाल पाँच वटा सहकारी सञ्चालनमा रहेका छन् ।