काठमाडौं । नेपाल ट्रष्टको नाममा रहेको काठमाडौंको छाउनीस्थित १५ रोपनी १ आना जग्गा हत्याउने पूर्व अधिराजकुमारी प्रेरणाराज्य लक्ष्मी शाहको अन्तिम प्रयास असफल भएको छ । घरसहितको सरकारी जग्गा आफ्नो दाबी गर्दै प्रेरणाले दायर गरेको रिट सर्वोच्च अदालतले शुक्रबार खोरज गरेको छ ।

तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की, न्यायाधीशद्वय दीपकुमार कार्की र सपना मल्ल प्रधानको इजलासले २०७३ पुस २१ गते त्यो जग्गा नेपाल ट्रष्टको हुने अन्तिम फैसला गरेको थियो । तर प्रेरणाले ट्रष्ट नै खारेज गर्नुपर्ने माग गर्दै संवैधानिक इजलासमा रिट दायर गरेकी थिइन ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, न्यायाधीशहरु मीरा खड्का, हरिकृष्ण कार्की, अनिलकुमार सिन्हा र प्रकाशनमान सिंहको संवैधानिक इजलासले प्रेरणाको दाबी नपुगेको भन्दै रिट खारेज गरेको हो ।

नेपाल ट्रष्टको जग्गा हत्याउने प्रेरणाको प्रयास अब पूर्ण रुपमा सकिएको छ । कानुनत सर्वोच्चको फैसलामाथि संवैधानिक इजलासमा एकपटक मात्रै पुनरावलोकन हुने व्यवस्था छ । त्यो जग्गाको मूल्य १ अर्ब ७५ करोड रूपैयाँ पर्ने ट्रष्टका कर्मचारीहरु बताउँछन् । नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।