खोटाङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले हलेसीमा दुई दिने प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । नेकपा खोटाङ इन्चार्ज तथा सांसद विशाल भट्टराईले शुक्रबार र शनिबार पार्टीको प्रशिक्षण चल्ने बताउनु भयो ।

इन्चार्ज भट्टराईका अनुसार हलेसी तुवाचुङ नगर कमिटीको आयोजनामा नगरभित्रका अगुवा नेता कार्यकर्ताहरुका लागि दुइ दिने आवासीय प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो ।

प्रशिक्षण कार्यक्रम शुक्रबार नै सुरु भएको छ । प्रशिक्षणका लागि नेता भट्टराई शुक्रबार बिहान सवारीमार्गबाट नै काठमाडौंबाट हलेसी पुगेका थिए । नेकपाले यसअघि १० वटै पालिकामा प्रशिक्षण सञ्चालन गरेको थियो ।



Loading Facebook Comments ...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here