बिशाल भट्टराई
सदस्य, प्रतिनिधिसभा
दिक्तेलबजारवासीमा राम्रो खवर
अस्तब्यस्त रहेको सदरमुकाम दिक्तेलबजारको सडकलाइ पक्की बनाउन धेरै प्रयास गर्दा पनि असफल हुदै आएको तिक्त भोगाइ अब अन्त्य हुने भएको छ ।
अर्थमन्त्रालयले यस बर्षका लागि पाँच करोड बजेट उपलब्ध गराएको छ । जम्मा पन्ध्र करोडको लागत रहेको बजार ढलानलाइ अर्को वर्ष दसकरोड थप हुनेछ । अर्थमन्त्री मा युवराज खतिवडा लगायत सहयोग गर्नुहुने सबैमा आभार ब्यक्त गर्दछु ।
ब्यग्रताका साथ यो काम गर्न लागि पर्नुहुने नगरप्रमुख दीपनारायण रिजाल, उपप्रमुख बिणादेबी राइ लगायत सबै जनप्रतिनिधिहरु तथा बजारवासीहरुको योगदान स्मरणीय छ ।
यति भएपछि पनि हामीले गर्नुपर्ने दुइटा दायित्व जीवित छन-एक) समयमै काम सम्पन्न गराउने, दुइ) गुणस्तरीय काम गराउने। यी काममा वजारवासीको महत्वपुर्ण भुमिकाको अपेक्षा छु । (फेेसबुकबाट साभार)