काठमाडौं । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा जन्मिएर काठमाडौंमा विभिन्न पेशा तथा व्यवसायमा आवद्ध भई बसोबास गरिरहेका खोटाङेहरुले दिप्रुङ चुईचुम्मा एकता सेवा समाज गठन गरेका छन् ।
दिप्रुङ चुईचुम्माबासीहरुको एक भेलाले गोपालचन्द्र राईको अध्यक्षतामा १३ सदस्यीय दिप्रुङ चुईचुम्मा एकता सेवा समाजको गठन गरेको हो ।
सामाजिक, आर्थिक, सांस्कृतिक, खेलकुद तथा शैक्षिक गतिविहरुलाई रचनात्मक रुपमा प्रस्तुत गरि दिप्रुङ चुईचुम्मा बासिहरुको पुहुँच पु¥याउन सहयोग गर्ने उद्धेश्यले शनिवार उक्त समाजको गठन भएको हो । गैर नाफामूलक र गैर राजनीतिक उद्धेश्यले गठन भएको उक्त समितिको उपाध्यक्षमा मिलन कार्की, सचिवमा नवराज रोका, सह सचिवमा सविन्द्र खड्का र कोषाध्यक्षमा एलिना राई रहेका छन् ।
यस्तै, सदस्यहरुमा क्रमशः गणेश थापा, विनोद थापा, तेज बहादुर वस्नेत, बविन राई, कन्काईष्ट राई, पूर्ण राई र एक जना महिला पछि थप गर्ने गरी समाजको गठन भएको छ । सो पालिका भित्र ७ वटा वडाहरु रहेका छन् ।
प्रत्येक वडाबाट एक जनाको दरले अनिवार्य प्रतिनिधित्व गराईएको उक्त समाजलाई संस्था दर्ता ऐन, २०३४ बमोजिम जिल्ला प्रशासन कार्यालय काठमाडौमा तत्काल दर्ता प्रकृया अगाडी बढाउने याेजना रहेकाे समाजले जनाएकाे छ ।