खोटाङ माघ–११, खोटाङकै ठूलो पुरस्कार राशीको भलिवल प्रतियोगितामा ऐसेलुखर्क गाउँपालिका विजयी भएको छ । मदन भण्डारी स्पोर्टस एकेडेमी खोटाङले आयोजना गरेको अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगीताको उपाधी उक्त गाउँपालिकाले जितेको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित खेलमैदानमा आयोजित प्रतियोगिताको शुक्रवार सम्पन्न फाईनल खेलमा वराहपोखरी गाउँपालिकालाई हराउँदै ऐसेलुखर्कले उपाधी उचालेको हो । ८ समुह सहभागी लिग कम नकआउटको आधारमा सञ्चालन गरिएको प्रतियोगिताको फाईनलमा ऐसेलुखर्कले २५–१२, २५–११ र २५–११ कै सोझो सेटमा वराहपोखरीलाई हराएको रेफ्री सागर राईले वताउनुभयो ।

विजयी समुहले समापन कार्यक्रमका प्रमुख अतिथि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालको हातवाट नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँका साथमा ट्रफी र मेडल प्राप्त गरेका छन् । यस्तै, दोश्रो हुने समुहले ७७ हजार ७ सय ७७ नगद सहित ट्रफी र मेडलवाट पुरस्कृत भएका छन् ।

प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईले सोमबार उद्घाटन गर्नुभएको प्रतियोगितामा रावावेंसी गाउँपालिका (ए) तेश्रो र दिप्रुङ चुईचुम्मा गाउँपालिका सान्तवना वनेका छन् । उक्त टिमले क्रमशः ५५ हजार ५ सय ५५ रुपैयाँ र शान्त्वना स्थान प्राप्त गर्ने टिमले ३३ हजार ३ सय ३३ रुपैयाँका साथमा ट्रफि, मेडल र प्रमाण–पत्र प्रदान गरिएको मदन भण्डारी स्पोर्टस एकेडेमीका अध्यक्ष दिनेश राईले वताउनुभयो ।

वभिन्न पालिकामा रहेका खेलाडीको प्रोत्साहन र प्रवद्र्धनका लागि वुइपा ईलाभेन स्पोर्टस क्लवको खेल मैदानमा आयोजना गरिएको प्रतियोगितामा ऐसेलुखर्क गाउँपालिकाका खेलाडी रोशन विक सर्वोत्कृष्ठ, सोही समुहका निरकाजी तामाङ विधागत उत्कृष्ठ र वराहपोखरीका किरण राई अनुशासित खेलाडी घोषित भएका छन् । तीनै जना खेलाडीलाई चम्पावती वुइपाका तर्फवाट प्रधानाध्यापक खगेन्द्र राईले जनही नगद १० हजार रुपैंयाँ पुरस्कार प्रदान गर्नुभयो ।

प्रतियोगिताको समापन समारोहमा फुटवल, भलिवल लगायतका रेफ्री सागर राईलाई सम्मान गरिएको छ । राईलाई लामो समयदेखि जिल्लाको खेल क्षेत्रमा योगदान पु¥याएको भन्दै एकेडेमीले नगद १५ हजार रुपैंयाँसहित सम्मान गरिएको जनाईएको छ ।

समापन समोहमा एकेडेमीका १ नम्वर प्रदेश सचिव टिकाराम घिमिरे, वराहपोखरी गाउँपालिकाका अध्यक्ष शालिकराम वञ्जरा, दिक्तेल रुपाकोट मझुवागढप् नगरापालिकाकी उपमेयर विणादेवी राई, वराहपोखरी गाउँपालिकाकी उपाध्यक्ष गोमा मगर लगाायतको उपस्थिती रहेको थियो ।