
खोटाङ पुष–९, सगरमाथा राजमार्गमा पर्ने उदयपुरको त्रियुगा नगरपालिका–१४ जितपुरमा बस दुर्घटना हुदाँ २७ जना घाईते भएका छन् । खोटाङको वराहपोखरी गाउँपालिकावाट उदयपुरको गाईघाटतर्फ जादै गरेको मे १ ख १७४० नम्बरको बस र गाईघाटवाट खोटाङको दिप्रुङतर्फ आउँदै गरेको बा २ ख ५४१८ नम्वरको वस एकआपसमा ठोकिँदा दुर्घटना भएको हो ।
विहिवार दिनको करिव १ वजे वस दुर्घटना हुँदा खोटाङको १० र उदयपुरको १६ गरी २६ जना घाईंते भएका छन् । घाईंते हुनेमा खोटाङस्थित दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ का गौतम बिक, वडा नम्वर १ का सानुमाया राई, वडा नम्वर–४ का डम्बरकुमारी खत्री, विष्णु खड्का र लिलाकुमारी श्रेष्ठ, वडा नम्वर–७ का राकेश राई र वडा नम्वर–५ का कल्पना थापा घाईते भएका छन् । यस्तै, बाराहपोखरी गाउँपालिकाका १ का ताराकुमारी श्रेष्ठ र गणेशबहादुर राई र वराहपोखरीकै प्रबिन श्रेष्ठ घाईंते वनेका छन् ।
यता, बा २ ख ५४१८ नम्बरका चालक त्रियुगा नगरपलिका ३ वस्ने सुरेश खड्का र मे १ ख १७४० नम्बरको चालक वडा नम्वर–१५ रानीबास बस्ने यमन थापासहित उदयपुरका १६ जना घाईंते वनेका छन् । घाईते हुनेमा त्रियुगा नगरपालिका–५ का सविता राई र सलिना राई, वडा नम्वर–१४ का थिराकुमारी मगर, भरत मगर, पेशल मगर, एकबहादुर कटुवाल र गंगामाया मगर घाईंते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
यस्तै, त्रियुगा नगरपालिका–१५ का लिला पराजुली वडा नम्वर–२ का छत्रबहादुर मंग्राती र सोही नगरपालिकाका पदम बोगटी घाईंते छन् । घाईंते हुनेमा उदयपुरकै रौतामाई गाउँपालिका–५ का भुपेन्द्र मगर र विमला राई, वडा नम्वर–६ का सविन मगर र वडा नम्वर ८ का बसन्त रहेको प्रहरीले जनाएको छ ।
सबै घाईतेको उपचारका लागि जिल्ला अस्पताल उदयपुर पु¥याईएकोमा ६ जनालाई भने विराटनगर पठाईएको जनाईएको छ । रेफर गरिएका घाईंतेको नाम र ठेगाना खुल्न सकेको छैन ।
दुवै बसलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले नियन्त्रणमा लिएका छन् ।