खोटाङ मंसिर–१,  खोटाङमा आएको स्थानीय पुर्वाधार बिकास साझेदारी कार्यक्रमतर्फको बजेट सडक र पर्यटनको लागि बिनियोजन गरिएको छ । निर्वाचित प्रतिनिधिसभा सदस्य बिशाल भट्टराई संयोजक रहेको निर्देशक समितिले स्थानीय पुर्वाधार बिकास साझेदारी कार्यक्रमको वजेट सडक स्तरोन्नती र पर्यटन प्रर्वद्दनमा विनियोजन गरेको हो ।
संघीय संसदका लागि एक मात्र निर्वाचन क्षेत्र तोकिएको खोटाङमा ३ सयको हाराहारीमा माग भएका योजनामध्ये २० योजनालाई छनौट गरेर ४ करोड बजेट शुक्रवार बिनियोजन गरिएको हो । जिल्ला समन्वय समितिको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा प्रतिनिधिसभा सदस्य भट्टराईले उक्त विनियोजित वजेट वारे जानकारी गराउनुयो ।
प्रतिनिधिसभा सदस्य भट्टराईका अनुशार केपीलासगढी गाउँपालिकाको शुक्रबारे–पत्करु–मैयूँ सडकका लागि १५ लाख, सुंदेल–साल्पा पर्यटन सडकका लागि १५ लाख, ऐसेलुखर्क गाउँपालिकाको जलेश्वरी–देम्लीटार सडकका लागि ३० लाख, रावाबेँसी गाउँपालिकाको निगाले–जौबारी–नुनथला चौकी सडकका लागि २० लाख विनियोजन गरिएको छ । 
यस्तै, हलेसी तुवाचुङ नगरपालिकाको रेग्मीटार–भाँडबेसी–हलेसी सडकका लागि ५० लाख, माल्खु–चुरीबन–शायखु–ताराखसे सडकका लागि १३ लाख बजेट बिनियोजन गरिएको छ । विनियोजित वजेट अन्तर्गत निर्माणाधिन टेम्के–कर्मदोर्जे गुम्बा निर्माण र सडक निर्माणका लागि एकमुष्ट २० लाख, दिप्रुङ चुइचुम्मा गाउँपालिकाको याम्खा–काहुले–स्यालगौंडे–छितापोखरी सडक स्तरोन्नतीका लागि २० लाख, छिप्तीबेँसी टोल–दिखुवा सडकका लागि १७ लाख र मनमायाँ राई खानीडाँडा बिमानस्थल–भुलभुले–ढकालबेँसी सडकका लागि २० लाख परेको छ ।
 काहुले–चिउरीडाँडा–लामदुवाली सडक स्तरोन्नतीका लागि २० लाख,जन्तेढुंगा गाउँपालिकाको चुम्लुङ–खाप्तिङ–रेभुवा सडकका लागि २० लाख, बराहपोखरी गाउँपालिकाको रुम्दु–फोक्सिङटार सडक (बराहपोखरी)का लागि १० लाख र सुन्तले–साकुमा–सडक (सुन्तले)का लागि १० लाख बजेट बिनियोजन गरिएको भट्टराईले बताउनुभयो । 
खोटेहाङ गाउँपालिकाको इन्द्रेणीपोखरी पर्यटन क्षेत्र बिकासका लागि २० लाख, साकेला गाउँपालिकाको साकेला माबि रतन्छामा कृषि बाली बिज्ञान भवन निर्माणका लागि ५० लाख, छोरम्बुमा कोल्डस्टोर निर्माणका लागि १० लाख, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको महुरेगढी प्राविधिक शिक्षालयको भवन पुर्वाधार निर्माणका लागि २० लाख वजेट विनियोजित भएको छ । यस्तै, पुरानो बैंकचोक–पोखरी सिँढि निर्माणका लागि १० लाख र गारेखोला खानेपानी आयोजना लिच्कीराम्चेका लागि १० लाख रुपैयाँ बजेट बिनियोजन गरिएको छ ।
प्रतिनिधिसभा सदस्य भट्टराई, प्रतिनिधिसभा सदस्य हिरा गुरुङ र जिल्ला समन्वय अधिकारी शरद पोखरेल सम्मिलित निर्देशक समितिले स्थानीय पुर्वाधार बिकास साझेदारी कार्यक्रमको बजेट बिनियोजन गरेको हो । तर प्रतिनिधिसभा सदस्य हिरा गुरुङ कार्यक्रममा अनुपस्थित हुनुहुन्थ्यो । कार्यक्रममा एक नम्वर प्रदेशका सभाषदद्वय राजन राई र रामकुमार राई(पासाङ) लगायतको उपस्थिती थियो ।