काठमाडौं । खोटाङकी चेली हुन् सम्झना राई । उनको दुवै हात छैनन् । जन्मजात नै उनको हात नभएको हो । उनै सम्झनाले ‘आमा’ बोलको गीत रेकर्ड गराएकी छिन् । उक्त गीतको भिडियो समेत सार्वजनिक भएको छ ।

उनको गीतमा आफनो हात नहुनुमा आमाको कारण नभई आफ्नो भाग्यको खेल भएको कुरालाई जोड दिएकी छिन् । गीतको शब्द रामकुमार राई (दिवुछा) को र तोरेम्पा राईको संगित रहेको छ भने एरेञ्ज गायक तथा एरेञ्जर सागर संसार राईले गरेका छन् ।

उक्त गीत गोपाल चन्द्र राईको युटुयुब च्यानल मार्फत सार्वजनिक गरिएको छ । उक्त गीतलाई रेकर्ड गराउनको लागी समाजसेवी सप्नाकुमार राईले सहयोग गरेको गायिका सम्झना राईले बताइन् । हेर्नुहोस् यस्तो छ गीतः