
खोटाङ, पुष १५,
अनौपचारिक क्षेत्र सेवा केन्द्र(ईन्सेक)ले प्रकाशन गर्दै आएको मानव अधिकार वर्ष पुस्तक–२०२० का लागि वार्षिक पूर्व समीक्षा कार्यक्रम पुष १५ गते दिक्तेलवजारमा सम्पन्न भएको छ । १ नम्वर प्रदेश अन्र्तत पर्ने जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न कार्यक्रममा जिल्लामा सन् २०१९ भरिमा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घनका प्रतिनिधि घटनाहरु प्रस्तुत गरिएको थियो ।
सहभागी सम्वद्द सरोकारवालाहरुले संकलित घटनाहरुको समीक्षा गर्दै ईन्सेकले आफ्नो भूमिकालाई अझ तीव्र पार्नुपर्ने सुझाव दिएका छन् । वाहिर नदेखिने ढंगले उस्तै अवस्थामा रहेको जातीय छुवाछुत तथा विभेदका घटनालाई खोजी खोजी संकलन तथा प्रकाशन गर्नुपर्ने सहभागीको सुझाव छ । १ नम्वर प्रदेशलाई छुवाछुतमुक्त प्रदेश घोषणा गर्ने अभियानलाई जिल्लावाटै शुरुवात गर्न आयोजना गरिएको सहभोजमा सहभागी एक आचार्य थरका वृद्द सामाजिक वहिस्कारमा परेको उदाहरण दिँदै कैंयौं व्यक्ति तथा परिवार जातीय छुवाछुत तथा विभेदमा परिरहेको समन्वय समितिका सदस्य चर्च विकले वताए ।
छुवाछुत तथा विभेदका घटनाहरु अधिक रुपमा भए पनि पीडित स्वयमले वाहिर नल्याउने गरेकाले समस्या झन जटिल वन्दै गएको मानव अधिकार आयोग १ नम्वर प्रदेश शाखा खोटाङका मानव अधिकार अधिकृत सुमित्रादेवी राईले सुनाईन् । जातीय छुवाछुतसँगै वढ्दो सडक सञ्जालका कारण धेरै घरजग्गाविहिन वनेकाले त्यस्तो परिवारको आर्थिक अधिकार संरक्षण गर्न समेत ईन्सेकले भूमिका निर्वाह गर्नुपर्ने अधिकृत राईको भनाई छ ।
माओवादी द्वन्द्वकालमा वेपत्ता पारिएको दुई परिवार अझै पनि फेला पार्न नसकेको कुरालाई पनि मध्येनजर गर्न राईको सुझाव छ ।
नेकपाका जिल्ला कार्यालय सदस्य संगीन राईले भने दिक्तेलवजार लगायतका वजारहरुमा वासी तथा सडेगलेका खानेकुरा खाँदै र चिसो भुईंमा सुत्दै हिँड्ने वेवारिसे मानिसहरुको स्वस्थ खाना र वाँच्न पाउने अधिकारलाई सुरक्षित गर्न अधिककारकर्मीहरुले भूमिका निर्वाह गर्नुपर्ने धारण राखे ।
जिल्लामा संकलित ३१ प्रतिनिधि घटनाहरुमध्ये सवैभन्दा वढी बलात्कारका घटना छन् । २०७५ पौष १५ देखी हालसम्म ११ वटा बलात्कारका घटना र ७ वटा बलात्कार प्रयास भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक)को प्रतिवेदनमा उल्लेख छ । ५ जना महिला र ६ जना वालिका बलात्कारको शिकार भएका छन् भने ६ महिला र १ वालिकामाथि वलात्कारको प्रयास भएको छ ।
यस्तै, ४ वटा हत्या, ४ वटा कुटपिट र घाईते, १ हत्या प्रयास, १ बहुविवाह, नागरिक अधिकार हनन्मा १ जना परेका छन् । जिल्लामा यो वर्ष ३ वटा स्काभेटर र गाउँपालिकाको १ गाडीमा अज्ञात समुहवाट आगजानी भएको छ ।
हत्या हुनेमा १ वालिका, १ पुरुष र २ जना महिला छन् । राजनीतिक अधिकार हनन्अन्तर्गत विप्लव नेतृत्वको १ जना कार्यकर्ता गिरफ्तारमा परेका छन् । ३ वटा स्काभेटर र १ वटा सरकारी गाडीमा क्षति पुगेको इन्सेकको तथ्यांकमा छ ।
