खोटाङ, ९ पुस । पूर्वाञ्चल सिँचाइ सवडिभिजन कार्यालय खोटाङको क्वाटर निर्माणका लागि सम्झौता गरेको हप्ता दिनमै फरफारक गरेको खुलासा भएको छ । पन्ध्र लाखको लागतमा निर्माण हुने कार्यालय प्रमुखको क्वाटर गत असार मसान्तमा सम्झौता गरेर साउन पहिलो हप्ता फरफारक गरेको खुलासा भएको हो ।
पाँच लाख भन्दा बढीको योजना ठेक्का प्रक्रियामा गएर मात्र सम्झौता गर्नुपर्ने व्यवस्था भएपनि तत्कालीन कार्यालय प्रमुख राजेन्द्र देवले मिलेमतोमा ठेक्का आव्हान नगरी सम्झौता गरेर हप्ता दिनभित्रै फरफारक गरेको पाइएको छ । अर्जुन÷इन्द्र कन्ट्रक्शन प्रालिले निर्माणको जिम्मा लिएको क्वाटर भवन अहिले अलपत्र अवस्थामा रहेको छ ।
निर्माणाधीन अवस्थामै रहेको क्वाटर सम्पन्न गर्न रकम अभाव भएकाले थप रकम विभाग समक्ष माग गरिएको कार्यालयले जनाएको छ । कार्यालय प्रमुखको क्वाटर भूकम्पले क्षति गरेपछि नयाँ भवन निर्माणका लागि विभागबाट योजना परेको थियो ।
सम्झौतामा तोकिएभन्दा बढी काम गर्न लगाएकाले अहिलेसम्म सम्पन्न गर्न नसकिएको ठेकेदार विष्णुकुमार श्रेष्ठ (स्याण्डे)ले बताउनुभयो । “सम्झौता पत्रमा उल्लेख गरिएभन्दा बढी काम गरी सकिएको छ ।” उहाँले भन्नुभयो, “अब थप रकम पाएमा मात्र बाँकी रहेको काम पूरा गर्न सकिन्छ ।”
देवको पालामा जिल्लामा सञ्चालित अधिकांश योजना कामै नसकी फरफारक गरिएको स्रोतले दाबी गरेको छ । “तोकिएको समयमा काम नसके रकम फिर्ता गर्नुपर्ने हुन्छ ।” स्रोतले भन्यो, “कमिसन लिएर कामै नसकी फरफारक गरिएको थियो ।”
सदरमुकाम दिक्तेलमै हुने गरेका यस्ता लापरवाहीका विषयमा सम्बन्धित निकाय मौन बस्ने गरेका छन् । जिल्लामा सञ्चालित विकास निर्माणका योजनाप्रति सबैले खबरदारी गर्नुपर्ने राप्रपा खोटाङका सहअध्यक्ष ललितकुमार राईले बताउनुभयो ।