
खोटाङ पुष–२, खोटाङमा आयोजित १ नम्वर प्रदेशका नगरपालिकास्तरीय मेयरकप ब्याडमिन्टन प्रतियोगितामा फरक–फरक जिल्लामा पर्ने ४ नगरपालिका सेमी फाईनल प्रवेश गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उदेश्यले मंगलवारदेखि शुरु गरिएको नगरपालिकास्तरीय खुला डवल ब्याडमिण्टन प्रतियोगितामा खोटाङ, संखुवासभा, सुनसरी र उदयपुरका खेलाडी सेमी फाईनल प्रवेश गरेका हुन् ।
दिक्तेलवजारमा निर्मित ‘खोटाङ बहुउदेश्यीय कवर्डहल’को उद्घाटनसँगै सोही कवर्डहलमा आयोजना गरिएको प्रतियोगितामा आयोजक दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका जीवन आचार्य तथा संखुवासभा पाँचखपन नगरपालिकाका गौरव दाहाल र अनिष श्रेष्ठवीच विहिवार सेमी फाईलनको पहिलो खेल हुने छ । यस्तै, धरान उपमहानगरपालिका सुनसरीका सुजन श्रेष्ठ र प्रनिष ठकुरी तथा त्रियुगा नगरपालिका उदयपुरका विष्णु कटुवाल र विजित मगर(थापा)वीच फाईनलको लागि प्रतिस्पर्धा हुनेछ ।
विहिवार नै सम्पन्न हुने प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्ने टोलीलाई नगद एक लाख ५१ हजार, दोश्रोलाई ८१ हजार र दुई सेमीफाइनलिष्ट टोलीलाई ४१/४१ हजारका साथमा मेडल र प्रमाणपत्र प्रदान गरिने नगरपालिकाले जनाएको छ ।
प्रदेश नम्बर १ भित्रका नगरपालिकालाई मात्र सहभागी गराइएको प्रतियोगितामा खोटाङ उदयपुर, ओखलढुङ्गा, सोलुखुम्बु, भोजपुर, धनकुटा, सङ्खुवासभा, सुनसरी, मोरङ लगायत दश जिल्लामा पर्ने विभिन्न नगरपालिकाका ३४ टोलीको सहभागिता थियो ।
पर्यटकीयस्थलको प्रचार–प्रसार गर्दै पर्यटन प्रवद्र्धनमा सघाउ पु¥याउन नगरपालिकाले जिल्ला ब्याडमिन्टन सङ्घसँगको सहकार्यमा नकआउट ब्याडमिन्टन प्रतियोगिताको आयोजना गरेको हो ।
नगरप्रमुख दिपनारायण रिजाल र उपप्रमुख वीणादेवी राईले पानसमा बत्ती बालेर ब्याडमिन्टन प्रतियोगिताको औपचारिक उद्घाटन गर्नुभएको थियो ।