खोटाङ पुष–१, खोटाङमा १ नम्बर प्रदेश नगरपालिका स्तरीय मेयर कप व्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । नगरपालिकाको पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने लक्ष्यका साथ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आयोजनामा मंगलबारदेखि नगरपालिका स्तरीय खुल्ला डवल ब्याडमिण्टन प्रतियोगिता सुरु भएको हो ।

१ नम्बर प्रदेशभित्रका खेलाडीलाई जमघट गराएर धार्मिक तथा पर्यटकीयस्थलको बारेमा जानकारी गराउने उदेश्यले प्रतियोगिता सञ्चालन गरिएको जनाईएको छ । दिक्तेलको माटिकोरेमा नौ वर्ष लगाएर निर्माण गरिएको कबर्ड हल उद्घाटनसँगै प्रतियोगिता सुरु गरिएको नगरपालिकाले जनाएको छ ।

मेयर दिपनारायण रिजाल र उपमेयर बिणादेवी राईले पानसमा बत्ती बालेर व्याडमिण्टन प्रतियोगिता उद्घाटन गरेका हुन् । आगामी पुस ३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम स्थान प्राप्त टिमलाई नगद १ लाख ५१ हजार, दोश्रो हुने टिमले ८१ हजार र दुई सेमीफाइनलिष्ट टिमलाई ४१÷४१ हजारका साथ मेडल र प्रमाणपत्र प्रदान गरिने नगरपालिकाले जनाएको छ ।

प्रतियोगितामा खोटाङसहित उदयपुर, ओखलढुंगा, सोलुखुम्बु, भोजपुर, धनकुटा, संखुवासभा, सुनसरी, मोरङलगायत १० जिल्लास्थित विभिन्न नगरपालिकाका ३४ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा झापा, ईलाम, पाँचथर र ताप्लेजुङका नगरपालिकाको भने सहभागिता नरहेको जनाइएको छ ।

नगरपालिकाको पर्यटकीयस्थलको प्रचार–प्रसार गर्दै पर्यटन प्रवद्र्धनका लागि नगरपालिकाले जिल्ला व्याडमिन्टन संघसँगको सहकार्यमा नकआउट व्याडमिन्टन प्रतियोगिताको आयोजना गरेको हो ।



Loading Facebook Comments ...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here