
खोटाङ पुस–१, खोटाङमा आगलागीवाट घर जल्दा ६३ लाख रुपैंयाँ वरावरको क्षति भएको छ । खोटेहाङ गाउँपालिका–७ खोटाङबजारका माणिकलाल प्रधानको घरमा विद्युत सर्ट भई आगलागी हुँदा उक्त क्षति भएको हो ।
प्रधानको मोबाईल र स्टेशनरी पशल सञ्चालन हुँदै आएको घरमा सोमबार राती साँढे १ बजे आगलागी हुँदा लाखौंको क्षती भएको खोटेहाङ गाउँपालिका अध्यक्ष प्रदीप राईले बताउनुभयो ।
आगलागीमा प्रधानको घरमा सञ्चालित खोटेहाङ गाउँपालिका–६ ईन्द्रेणीपोखरीका रमेश राईको मोबाईल पसल र खोटाङबजारकै घनश्याम फुयालको स्टेशनरी पसल पूर्ण रुपमा जलेको छ । मोबाईल पसलबाट सुरु भएको आगलागीमा मालिक प्रधानको करिब ३० लाख, मोबाईल पसल सञ्चालक राईको १८ लाख र स्टेशनरी सञ्चालक फुयाँलको १५ लाख बराबरको क्षती भएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक आमोदकुमार खेरवारले बताउनुभयो ।
प्रधान परिवार भने काठ्माण्डौंमा बस्दैआएका छन् । आगो प्रहरी र स्थानीयबासीले नियन्त्रणमा लिएका थिए ।