खोटाङ । खोटाङमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस एक अर्कामा आरोप प्रत्यारोपमा उत्रिएका छन् । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको विषयमा प्रमुख दल निकट नेता तथा कार्यकर्ता एक अर्कामा आरोप प्रत्यारोपमा उत्रिएका हुन् ।
गत १८ मंसिरमा सदरमुकाम दिक्तेलमा पत्रकार सम्मेलन गरी जिल्लाबाट प्रतिनिधी सभा तथा प्रदेश सभामा निर्वाचित सांसदहरु मार्फत आएको बजेट विनियोजन गरिएको थियो । प्रतिनिधिसभाका सदस्य विशाल भट्टराई र प्रदेशसभाका तीन जना प्रदेश सांसदको उपस्थितिमा बजेट विनियोजनबारे पत्रकार सम्मेलन गरेर जानकारी गराइएको थियो ।
तर, कांग्रेस सांसद हिरा गुरुङले कमिशन खाने नियतमा फसेर आफूलाई नबोलाई छलफल समेत नगरी मनोमानी ढंगले योजना छनोट भएको आरोप लगाएपछि जिल्लामा तरंग उत्पन्न भएको छ । उनले दिक्तेलमा पत्रकार सम्मेलन गरेरै यस्तो गम्भीर आरोप लगाएपछि नेता कार्यकता आरोप प्रत्यारोपमा उत्रिएका छन् ।

यस्ता छन् विवादः
दुई पाटीबिच विवाद रहनु सामान्य रहेपनि संगिन आरोपसहित आरोपमा कमै मात्रामा उत्रने गरेका थिए । सांसद गुरुङले जिल्लामै रहेको

समकक्षीलाई सुचना र जानकारी नगराई एकलौटी ढंगबाट आर्थिक वर्ष २०७६/०७७ को ६ करोड बजेट बिभिन्न ३० वटा योजनाका लागि वितरण गरेको, जिल्लाको पिछडिएको क्षेत्र र भेगमा पूर्वाधार विकास गर्न विनीयोजित रकम वि

तरण गर्दा समकक्षी माननीयको वेवास्था गर्दै कमिशन खाने नियतमा फसेर निहित स्वार्थमा लोकतान्त्रिक पद्धतिको धज्जी उडाएको आरोप लगाएकी छिन् । तर, नेकपाले नेताले आरोपमा कुनै पनि तथ्य नरहेको भन्दै आरोप प्रमाणित गर्न चुनौती दिइरहेका छन् । नेकपाका नेताले सांसद गुरुङले आफ्नो स्वार्थको योजना अघि सारेको र पूरा नहुँदा प्रोपोगाण्डामा लागेको जनाएको छन् ।

अनि भयो विवाद
साझेदारी कार्यक्रमको बजेट वितरण बैठकमा सांसद हिरा गुरुङ उपस्थित भै हस्ताक्षर रहेको तर निर्णय प्रक्रियामा निर्देशिका बिपरित अडान राखेपछि सहमति नभएको नेकपा नेताको दाबी छ । नेकपाका नेताको कुरो मान्ने हो भने सांसद गुरुङले दिक्तेलस्थित कांग्रेसको पार्टी कार्यालय रहेको विपि स्मृति भवनका लागि बजेट छुट्टयाउन पहिलो शर्त राखेकी थिइन् । तर, नेकपाका सांसद विशाल भट्टराई लगायत अन्य सांसदले निर्देशिका विपरित हुने भन्दै उनको मागलाई अस्वीकार गरेका थिए । त्यसपछि सांसद गुरुङ बैठकमा गइनन् । नेकपाका सांसदहरुले योजना छनोट गरी बजेट विनियोजनबारे १८ गते पत्रकार सम्मेलन गरेर जानकारी गराए । त्यसको भोलि पल्ट सांसद गुरुङसहित कांग्रेसका नेताहरुले पत्रकार सम्मेलन गरेर विरोध जनाए ।



Loading Facebook Comments ...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here