
खोटाङ मंसिर–१४, खोटाङस्थित साकेला गाउँपालिका–३ खिदिमामा भएको वडाध्यक्ष पदका उपनिर्वाचनमा नेकपाका उम्मेदवार विजयी भएका छन् । खसेको कूल ७ सय ९८ मतमध्ये ३ सय ९१ मत प्राप्त गर्दै नेकपाकी उम्मेदवार शिवकला राई विजयी वन्नुभएकी हुन् ।
राईकी निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका शुक्रबहादुर तामाङले ३ सय ७४ मत ल्याउनुभयो । तत्कालिन नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित मणिकुमार राईको गत बैसाख ९ गते मृत्यु भएपछि गरिएको उपनिर्वाचनमा समाजवादी पार्टीका तर्फवाट रमेश राईले १५ र राप्रपाका ईन्द्रवहादुर खड्काले १ मत ल्याउनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय प्रमुख एबं जिल्ला न्यायधिस मातृकाप्रसाद आचार्यले जनाउनुभएको छ ।
कूल १ हजार १ सय ३ मतदातामध्ये ७ सय ९८ अर्थात ६१ दशमलव २४ प्रतिशत मत खसेकोमा १७ मत भने वदर भएको पाइएको छ । उपनिर्वाचनमा ४ सय १ पुरुष र ३ सय ९७ महिलाले मताधिकार प्रयोग गरेका थिए ।
वडाध्यक्षमा विजयी शिवकला मृतक वडाध्यक्ष मणिकुमारकी श्रीमति हुन् ।