
खोटाङ मंसिर–१४, खोटाङस्थित साकेला गाउँपालिका–३ मा भएको वडाध्यक्ष पदका उपनिर्वाचनमा ६१ दशमलव २४ प्रतिशत मतदान भएको छ । वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा वडाका कूल १ हजार १ सय ३ मतदातामध्ये ७ सय ९८ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालय प्रमुख एबं जिल्ला न्यायधिस मातृकाप्रसाद आचार्यले बताउनुभयो ।
तत्कालिन नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित मणिकुमार राईको गत बैसाख ९ गते मृत्यु भएपछि गरिएको उपनिर्वाचनका लागि शान्त वातावरणमा मतदान सम्पन्न भएको जनाइएको छ । स्थानीय सिद्धेश्वरी माबि ‘क’ र ‘ख’ मतदान केन्द्रमा बिहान ७ : १५ देखि वेलुकी ५ वजेसम्म भएको मतदानमा ४ सय १ पुरुष र ३ सय ९७ महिलाले मताधिकार प्रयोग गरेका छन् ।
वडाध्यक्षका लागि नेकपाकातर्फबाट स्वर्गीय मणिकुमारकी श्रीमति शिवकला राई, नेपाली कांग्रेसकातर्फबाट शुक्रबहादुर तामाङ, समाजवादी पार्टीकातर्फबाट रमेश राई र राप्रपाकातर्फबाट इन्द्रबहादुर खड्का उम्मेदवार छन् ।
मतपेटिकालाई गाउँपालिकाको कार्यालय मानेभञ्ज्याङ पु¥याई आजै साँझदेखि मतगणना शुरु गरिने मुख्य निर्वाचन अधिकृत आचार्यले जनाउनुभयो ।