पुष १४ । खोटाङ सदरमुकाम दिक्तेलमा निर्माण भएका दुबै बसपार्क सञ्चालन आएको छ । दिक्तेल–४ सोल्मामा निर्माणाधिन खोटाङ बसपार्क पुष–१४ गते बिहिबार उदघाटन गरिएस“गै दुवै बसपार्क सञ्चालनमा आएको हो ।
खोटाङ बसपार्क यातयात व्यवसायी, सरोकारवाला लगागयत दिक्तेल नगरपालिकाका कार्यकारी अधिकृत अनिल किरा“तीको प्रमुख आतिथ्यमा बसपार्कको उदघाटन गरिएको हो । निर्माण शुरु गरिएको चार वर्षपछि दुवै बसपार्क सञ्चालनमा आएको हो ।
बसपार्क उद्धघाटन गर्दै नगरपालिकाका कार्यकारी अधिकृत अनिल किरा“तीले वसपार्क निर्माणलाई आफुले महत्वकासाथ लिएको बताए । किरा“तीले नगरपालिकाको समग्र विकासमा नगरवासीको महत्वपुर्ण भुमिका रहने उल्लेख गर्दै नगरपालिकामा बजेट अभावकाबीचमा विकास निर्माण गर्नु पर्दा समस्या आउने गरेको बताए ।
वसपार्क उद्धघाटनमा खोटाङ यातयात व्यवसायी संघ र मध्ये पहाडी वस व्यवसायी संघले गाडी वसपार्क पु¥याएका थिए । बसपार्क उद्धघाटन कार्यक्रमका अबशरमा उपश्थित सरोकारवालाहरुले बसपार्कलाई थप व्यवस्थित गर्दै लैजान र बसपार्क क्षेत्रमा शान्ति सुरक्षा, वसपार्कक्षेत्रमा होटल, खानेपानीकासाथै आवश्यक पुर्वाधारहरुको विकासगर्दै बसपार्कस्थलसम्म पुग्ने सडकको तत्काल स्तरउन्नती गर्न जरुरी रहेको बताएका छन् । नगरपालिकाले बसपार्कलाई थप व्यवस्थित गर्दै नगरपालिकाको राम्रो आम्दानीको श्रोत बनाउन र उक्त क्षेत्रको बिकासलाई समेत प्रँथमिकतामा राख्न जग्गा अशोक राईले सुझाब दिनुभयो । बसपार्क सञ्चालनमा नआउदा दिक्तेल स्थित रत्नपार्क, पुरानो बेस क्याम्प, संगमपार्क लगायतका सडक क्षेत्रमै गरिने पार्किङले बजारमा ओहोरदोहोर गर्ने यात्रु तथा स्वयं सवारी साधन आवतजावतमा समस्या हुदै आएको थियो । खोटाङ बसपार्क मध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तेल–चखेवाभञ्ज्याङ सडक खण्डमा लोकमार्गले छोएको हुनाले आगामी दिनमा सवारीको चाप बढदै जाने भएकाले यसलाई आधुनिक वसपार्कको रुपमा विकास गर्नतर्फ ध्यान दिन आवश्यक रहेको बताएका छन् । हालसम्म वसपार्क निर्माणमा ४५ लाख बढी खर्च भई सकेको बताउनुहुदै थप आवश्यक बजेटको व्यवस्थाका लागि पहल गर्न निर्माण उपभोक्ता समितिका अध्यक्ष नारदमणी राईले सरोकारवाला समक्ष माग गरे ।
यसैबीच, बसपार्क उद्धघाटनकाक्रममा गाडीसहित वसपार्क पुगेका खोटाङ यातयात व्यवसायी संघका अध्यक्ष गणेश शाहीले वसपार्क निर्माणका लागि सबै भन्दा बढी जग्गा प्रदान गर्ने दातालाई खोटाङ यातायत व्यवसायी संघको गाडीमा निशुल्क यात्रा गराउने घोषण गरेका छन् । शाहीले यातयात क्षेत्रको विकासका लागि निशुल्क जग्गा उपलब्ध गराएर उल्लेखनिय कार्य गरेको भन्दै यस्तो सुबिधाको घोषणा गरेका हुन् । अध्यक्ष शाहीले खोटाङ यातयात व्यवसायी संघले काठमाण्डौ जानका लागि खोटाङ बसपार्क सोल्मा र तराईतर्फ गाईघाट, कटारी, घुर्मीलगायतको ठा“उमा जाने यात्रुहरुका लागि दिक्तेल नगरपालिका–३ स्थित आचार्य गा“उको बसपार्कबाट गाडी छुटाउने व्यवस्था गर्ने बताए ।