
खोटाङ मंसिर–१३, नुवाकोटका विद्यार्थीले खोटाङका एक माध्यामिक विद्यालयका लागि अक्षयकोषको स्थापना गरिदिएका छन् । नुवाकोटस्थित श्री शक्ति माध्यामिक विद्यालयका पूर्व विद्यार्थीहरुले स्थापना गरेको श्री शक्ति फाउण्डेशन लगायतका संस्थाले ३ लाख ७५ हजार रुपैंयाँ राशीको अक्षयकोष स्थापना गरिदिएका हुन् ।
उक्त फाउण्डेशनसँगै हिमालय ह्याण्डीक्राप््ट इण्डस्ट्रिज र एपेक्स ग्लोबल लक्जरी प्रालिले दिक्तेल रुपाकोेट मझुवागढी नगरपालिका–६ नेर्पाको श्री कालिका माविका लागि ‘श्री शक्ति हिमालय एपेक्स ग्लोवल अक्षयकोष’ स्थापना गरेको हो । अक्षयकोषमार्फत वार्षिक ५ कक्षा मूनिका सवै तथा सो भन्दा माथिका गरिव तथा जेहेन्दार विद्यार्थीका लागि न्यानो कपडा, शैक्षिक तथा खैलकूद सामाग्री प्रदान गरिने जनाइएको छ ।
अक्षयकोषका लागि श्री शक्तिले २ लाख २५ हजार, हिमालय ह््याण्डीक्राप्टले १ लाख र ग्लोवलले ५० हजार गरी एकमुष्ट नगद विद्यालयलाई हस्तान्तरण गरेका छन् । यस्तै, सोही अवसरमा श्री शक्ति फाउण्डेशन र हिमालय ह््याण्डीक्राप्टले विद्यार्थीहरुका ७५ हजार वरावरको न्यानो कपडा, शैक्षिक तथा खेलकूदका सामाग्री प्रदान गरेका छन् । लागि आवश्यक कपडा, शैक्षिक सामग्री र खेलकुदका सामग्रीहरु समेत प्रदान गरेको छ । श्री शक्ति फाउण्डेशनका संयोजक नवराज पाण्डेको संयोजकत्वमा अक्षयकोष तथा सामग्री संकलन कार्य गरिएको हिमालय ह््याण्डीक्राप्टका सञ्चालक गणेश पराजुलीले जानकारी दिनुभयो ।
अक्षयकोष स्थापना तथा सामग्री हस्तन्तरण कार्यक्रममा कक्षा १ देखी ५ सम्मका सबै विद्यार्थीहरुलाई १ थान स्वेटर १ थान टोपी वितरण गरिएको छ । विद्यालयका गरिब तथा जेहेन्दार छात्र छात्रालाई समेत गरी जम्मा ८० जना विद्यार्थीलाई स्वेटर र टोपि वितरण गरिएको हो ।
नुवाकोट घरभई हाल काठमार्डौमा बस्दै आएका नुवाकोटे पूर्वविद्यार्थीहरुको साझा सामाजिक संस्था शक्ति फाउण्डेशनले आगामी दिनमा समेत सहयोगलाई निरन्तरता प्रदान गरिने जनाएका छन् ।
खोटाङ जिल्लाको नेर्पामा जन्मेर हाल काठमाडौँलाई कर्मथलो बनाईरहेका गणेश पराजुलीको सक्रिय संयोजनमा भएको उक्त कार्यको नेर्पा वासी अभिभावक शिक्षक तथा विद्यार्थीहरुले खुलेर प्रंशसा गरेका छन् । आगन्तुक पाहुनाहरुलाई फूलमालाले स्वागत गर्दै शुरु भएको कार्यक्रममा संविधान सभाका सभासद दुर्गाजयन्ति राई , वडा अध्यक्ष माधव राई, शिक्षाप्रेमी तथा समाजसेवी भोगेन्द्र राई, शक्ति फाउण्डेशनका व्यवस्थापक गणेश पराजुली लगायत सहकार्यका बारेमा शुभकामना साटसाट गरेका छन् ।
कार्यक्रममा विद्यार्थीहरुले नृत्य तथा स्थानीय अभिभावकहरुले गीत प्रस्तुत गरेका थिए ।