
खोटाङ मंसिर–१, जिल्ला प्रहरी कार्यालय खोटाङले बढ्दो बलात्कार, यौनजन्य हिंसा, हत्या लगायतका घटना न्यूनिकरणका लागि स्थानीय तहसँग सहकार्य सुरु गरेको छ । ‘समुदाय–प्रहरी साझेदारी अभियान’ कार्यक्रम अन्र्तगत आपराधिक घटना न्यूनिकरणका लागि प्रहरीले स्थानीय तहसँग तहसँग सम्झौता गरी सहकार्य थालेको हो ।
जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकासँगको सहकार्यमा ‘समुदाय–प्रहरी साझेदारी अभियान’ सञ्चालन गर्नेगरी सम्झौताको काम थालेको हो । ‘समुदाय–प्रहरी साझेदारी अभियान’ सञ्चालनका लागि हालसम्म जिल्लाका एक नगरपालिका र पाँच गाउँपालिकासँग समझदारीपत्रमा द्वि–पक्षीय हस्ताक्षर भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीले बताउनुभयो ।
आपराधिक गतिविधि न्यूनिकरण गर्दै सभ्य तथा शान्त समाज स्थापनाको लागि हालसम्म हलेसी तुवाचुङ नगरपालिका, ऐसेलुखर्क गाउँपालिका, खोटेहाङ गाउँपालिका, जन्तेढुंगा गाउँपालिका, दिप्रुङ चुईचुम्मा गाउँपालिका र रावाबेँसी गाउँपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबीचमा पनि समझदारी कायम भइसकेको छ ।