खोटाङ । खोटाङको साकेला गाउपालिका वडा न. ३ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट अध्यक्ष पदमा शिवकला राई उम्मेदवार बन्नु भएको छ । अध्यक्षको उम्मेदवार शिवकलाले चुनावी प्रचार प्रसार समेत थाल्नु भएको छ ।

तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्र एक भई सकेकाले निर्वाचनमा विजयी हुने उनको सम्भावना बढी रहेको बताइन्छ । आगामी १४ मंसिरमा उपनिर्वाचन हुन गइरहेको हो । साकेला ३ का अध्यक्षको निधन भएपछि पुनः निर्वाचन हुन गइरहेको हो । अन्य दलले पनि उम्मेदवार खडा गरी चुनावी गतिबिधि बढाएका छन् ।