खोटाङ । सदरमुकाम दिक्तेलबाट विराटनगर जाँदै गरेको बस बुधबार बिहान दुर्घटना हुँदा एक दर्जन बढी घाइते भएका छन् । घाईते मध्ये तीन जनालाई थप उपचारका लागि काठमाण्डौ लगिएको छ ।

हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेस्थित कामीडाँडामा आज बिहान को १ ख ६३२० नम्बरको यात्रुबाहक बस दुर्घटना भएको थियो । घाईते मध्ये ६ जना जिल्ला अस्पतालमा उपचार पछि घर फर्केका छन् भने अन्य ५ जना उपचारमा रहेका छन् । जिल्ला अस्पतालमा उपचार गराउनेहरुमा समुन आचार्य, समिक्षा बि.क, मनिषा बि.क, आकाश राई र मनकुमारी राई रहेका छन् । यस्तै सोही बसमा सवार सुरेश बि.क, अमृत भुजेल, प्रताप रिजाल, मन्दिप बि.क, खामबहादुर बि.क र योगेन्द्र आचार्य भने उपचार पछि घर फर्केको बताइएको छ । बस सडक भन्दा करिब ५० मिटर तल खसेको छ ।