तस्विर–ईखवहादुर राईको फेसबुकवाट ।

खोटाङ असोज–८, वर्षा तथा वाढीपहिराको कारण विभिन्न स्थानमा विग्रिएका सडक मर्मतमा स्थानीय सरकार लगायत कुनै पनि निकायले चासो नदेखाएपछि स्थानीय युवाहरु आफै जुटेका छन् । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा पर्ने खार्मी–तापखोला ७ किलोमिटर सडक मर्मतमा साविक ९ नम्वर वडाका युवाहरु जुटेका हुन् ।

दिक्तेल–खार्मी–वास्पानी–वाक्सिलाको सवै भन्दा छोटो रुट पर्ने उक्त सडक मोटरसाईकल समेत सञ्चालन नहुने गरी विग्रिएको स्थानीयको भनाई छ । सो सडक मर्मतमा वडा, नगर लगायत कुनै पनि निकायले चासो नदेखाएपछि स्थानीय युवाहरुको संस्था ‘सेवा साहारा युवा समाज’को पहलमा शुक्रवार विहानदेखि मर्मत सुरु गरिएको हो । खार्मीको तल्लो भेग तुर्खा हुँदै वास्पानी र वाक्सिलासम्म पुग्ने छोटो रुटको उक्त सडक मर्मत तथा स्तरोन्नतीमा कुनै पनि निकायको ध्यान नपुगेकाले युवाहरु जुट्नु परेको संस्थाका अध्यक्ष हेमन्त राईले वताउनुभयो ।

साविक ९ नम्वर वडामा पर्ने तुर्खा, कुम्देल, विखर्कु र लम्वाका युवाहरु सडक मर्मतमा जुटिरहेका छन् । सडक मर्मतमा जुट्ने युवाहरुका लागि स्थानीय समाजसेवी ईखबहादुर राईले खाजा लगायतका व्यवस्थापन गरिदिएको युवाहरुले वताएका छन् । उक्त सडकमा साना सवारी साधनहरु सञ्चालन हुने गरी मर्मत गरिने अध्यक्ष राईको भनाई छ । दशैं तथा तिहारका लागि विभिन्न स्थानवाट गाउँ आएका युवाहरु सडक मर्मतमा जुटिरहेका छन् ।

तापखोलावाट मर्मत सुरु गरिएको सडक कालिका मावि खार्मीसम्म पु¥याईने छ । स्थानीयले नै गर्न सक्ने कामको लागि समेत अरुको मुख ताक्ने प्रथाको अन्त्य हुनुपर्ने युवाहरुको धारणा छ ।