
खोटाङ असोज–१७, लगातारको वर्षाले खोटाङस्थित ग्रामिण सडकहरु अवरुद्द हुँदा दशैंका लागि गाउँ आउने यात्रुहरुलाई शास्ती भएको छ । चाडवाडका समयमा सडक पूर्ण रुपमा अवरुद्द हुँदा यात्रुहरुलाई शास्ती भएको हो ।
वर्षाका कारण दिक्तेल–चखेवा, दिक्तेल–जालपा–ऐंसेलुखर्क–बाक्सिला, दिक्तेल–पाथेका, दिक्तेल–बुइपा–रसुवा, दिक्तेल–टेम्मा–पञ्चमी, दिक्तेल–मात्तिम लगायतका ग्रामिण सडक सुचारु हुन सकेको छैन ।
बन्द भएका ग्रामिण सडकहरु सुचारु गराउन यसअघि नै स्थानीय निकायलाई पत्राचार गरी सकिएको प्रमुख जिल्ला अधिकारी विष्णुहरि उपाध्यायले बताउनुभयो । वर्षा रोकिएपछि सडक सुचारु गराउन स्थानीय निकाय परिचालन गरिने प्रजिअ उपाध्यायको भनाई छ ।
यस्तै,जिल्लामा रहेका तीन विमानस्थलमध्ये दुई विमानस्थल मात्रै सञ्चालनमा छ । थामखर्क विमानस्थल र लामिडाँडा विमानस्थल सुचारु छन् । तर सदरमुकाम नजिक रहेको मनमाया राई खानीडाँडा विमानस्थल भने पहिरोले भत्किादा वन्द रहेको छ ।