खोटाङ असोज–१५, नेपाली संगीत क्षेत्रमा अनवरत संघर्षरत गायक रेवत राई वल्र्ड नेपाली म्युजिक अवार्ड न्युवर्क–२०१९ को उत्कृष्ट १० मा पर्न सफल भएको छ । निरन्तरको मेहनत अर्थात साधनाकै कारण गायनमा स्थापित राईको ‘म त १६ बर्षे ठिटो’ वोलको गीत उक्त प्रतिष्ठित अवार्डको टप टेनमा परेको हो ।

पछिल्लो समय म्युजिक भिडियोसहित सार्वजानिक भएको उक्त गीतले ‘बेष्ट मोर्डन संङ्स’ विधावाट उत्कृष्ट १० भित्र पर्न सफल भएको हो ।

विभिन्न रियालिटी सो लगायतका गायन प्रतियोगिताहरुवाट उत्कृष्ट स्थान हासिल गर्दै आएका युवा गायक राई संगीतकारका रुपमा समेत क्रियाशील छन् । विभिन्न गीति एल्वम तथा फुटकर गीतहरुमा आवाज दिनका साथै संगीत भरिसकेका राईको आधुनिक गायनमा दख्खल रहेको संगीतकर्मीहरु सुनाउँछन् । खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाका गायक राईले गायकीकै माध्यमवाट दक्षिण कोरिया, हङकङ, युके(दुई पटक) र ईण्डिया समेतको भ्रमण गरी प्रस्तुति दिईसकेका छन् ।

उत्कृष्ट १० मध्येवाट छानिने ३ जनाले अमेरिका भ्रमणको मौका पाउनेछन् । रेवतसँगै स्थापित गायक–गायिका पनि उक्त अवार्डको उत्कृष्ट १० मा रहेका छन् । रेवत राईले आफुलाई भोट गरी उत्कृष्ठ तीनमा पार्न अनुरोध गरेका छन् । यस अवसरवाट नेपाली गीतसंगित क्षेत्रमा अझै स्थापित हुने मौका पाउने उनको भनाई छ ।

उत्कृष्ट तीनमा पार्नका लागि मोवाईल, फेसबुक र अनलाईनवाट भोटिङ गर्ने व्यवस्था मिलाईएको छ । मोवाईलवाट भोट गर्नका लागि म्यासेज वक्समा गई अंग्रेजी अक्षरमा W टाईप गरी एक स्पेस छोडी भोटिङ कोट ११ j टाईप गरी ३३००१ मा पठाउन सकिन्छ ।

अनलाईनवाट भोट गर्नका लागि www.wnmusicaward.com लग ईन गरी भोट मेनुमा क्लिक गर्ने । मेनुमा क्लिक गरिसकेपछि मोर्डन संङमा गई रेवत राईको फोटोलाई क्लिक गरेर भोट गर्न सकिन्छ ।

फेसबुकमार्फत भोट गर्नका लागि www.world.nepal.musicaward2019 लगईन गरी फोटोमा जाने र मोर्डन संङको क्याटोगरीमा गइ भोट गर्ने व्यवस्था मिलाईएको छ ।

रेवतसँगै खोटाङकै अर्का प्रतिभा कन्काईष्ट राई समेत उत्कृष्ट १० मा परेका छन् । उत्कृष्ट १० मा उदय सोताङ, जगदिश समाल, शिव परियार जस्ता ख्यातिप्राप्त गायक–गायिकाहरु समेत रहेका छन् । हेर्नुहोस रेवत राईको गीत –