खोटाङ १८ पुस । खोटाङको च्यास्मिटारस्थित ३, ६, ७, ८ र ९ वडामा आज समुदायका लागि भुकम्प प्रतिरोधि भवन निर्माण पुर्वजानकारी अभिमुखीकरण तालिम सम्पन्न भएको छ ।
हलेसी विकास मञ्चको आयोजना तथा गरिबि निवारण कोषको आर्थिक सहयोगमा समुदायमा गई भुकम्प पिडित ले पाउने सेवा सुविधा, भुकम्प पिडितको पहिचान, र भुकम्प प्रतिरोधि घर कसरी बनाउने भन्ने बारेमा जानकारी दिएको छ ।
हलेसी विकास मञ्चको कार्यक्रम संयोजक विमल काजी श्रेष्ठ तथा लेखापाल तथा प्रविधिक उमेश पौडेलले गरेको सहजिकरण तालिमा सामुदायिक संस्थाको प्रतिनिधि, स्थानियबासीको उपस्थिति रहेको थियो । त्यस्तै हिजो च्यास्मिटार १, ४ र ५ को तालिम केन्द्र मा.विमा सम्पन्न गरेको थियो ।